Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाल पाकिस्तानसँग ९ रनले पराजित

cricket_20201206053709_ZB-1686633261.jpg

३० जेठ, काठमाडौं । मंगलबारबाट हङकङमा सुरु भएको एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ।
नेपाली ब्याटिङ चल्न नसक्दा पाकिस्तानले दिएको ८८ रनको सामान्य लक्ष्य पूरा गर्न असफल भएको हो ।
नेपालले पाकिस्तानविरुद्ध पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ७८ रनमात्र बनाउन सक्यो। नेपालका लागि कविता कुँवरले २० रन बनाउँदा थप दोहोरो रनको स्कोरको रूपमा कविता जोशीको अविजित १५ रन रह्यो ।
अन्य कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका लागि सेइदा अरोब सा र तुबा हसनले २-२ विकेट लिएका थिए। अनोसा नसिर र उम इ हानीले समान १-१ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४ बल बाँकी हुँदै ८७ रनमा अलआउट भएको थियो। १५ ओभरको समाप्तिपछि वर्षाले केही समय स्थगित भएको खेल पुन: सुरु भएपछि पाकिस्तानले ८७ रनको सामान्य स्कोर बनाएको थियो।
पाकिस्तानी ब्याटरविरुद्ध सुरुवातबाटै राम्रो बलिङ गरेको नेपालका लागि इन्दु बर्माले ३ विकेट लिँदा कविता कुँवर, कविता जोशी र सीता रानामगरले समान २-२ विकेट लिएका थिए।
पाकिस्तानका लागि ओपनर शवाल जुलफिकरले २८ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक अन्य ब्याटरले भने गतिलो प्रदर्शन गर्न सकेनन्। सदाफ खानले १२ रन बनाउँदा गुल फेरोजाको ११ रनको स्कोर तयार गरिन्। कप्तान फतिमा सना १६ रनमा आउट भएकी थिइन्।
प्रतियोगितामा नेपाल थाइल्यान्डले सहभागिता नजाउने भएपछि अवसर पाएर हङकङ पुगेको थियो। थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिँदा नेपालले अवसर पाएको हो। यो प्रतियोगितामा नेपालको पहिलो सहभागिता हो।
प्रतियोगितामा नेपाललले आफ्नो समूहमा अब हङकङ र भारतसँग प्रतिस्पर्धा गर्ने छ। दोस्रो खेलमा नेपालले १५ जुनमा भारतसँग खेल्दा १७ जुनमा घरेलु टोली हङकङको सामना गर्ने छ।
प्रतियोगिताको अर्को समूहमा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए रहेका छन्। प्रतियोगिता दुवै समूहबाट शीर्ष दुई-दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार