३० जेठ, काठमाडौं । मंगलबारबाट हङकङमा सुरु भएको एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ।
नेपाली ब्याटिङ चल्न नसक्दा पाकिस्तानले दिएको ८८ रनको सामान्य लक्ष्य पूरा गर्न असफल भएको हो ।
नेपालले पाकिस्तानविरुद्ध पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ७८ रनमात्र बनाउन सक्यो। नेपालका लागि कविता कुँवरले २० रन बनाउँदा थप दोहोरो रनको स्कोरको रूपमा कविता जोशीको अविजित १५ रन रह्यो ।
अन्य कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका लागि सेइदा अरोब सा र तुबा हसनले २-२ विकेट लिएका थिए। अनोसा नसिर र उम इ हानीले समान १-१ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४ बल बाँकी हुँदै ८७ रनमा अलआउट भएको थियो। १५ ओभरको समाप्तिपछि वर्षाले केही समय स्थगित भएको खेल पुन: सुरु भएपछि पाकिस्तानले ८७ रनको सामान्य स्कोर बनाएको थियो।
पाकिस्तानी ब्याटरविरुद्ध सुरुवातबाटै राम्रो बलिङ गरेको नेपालका लागि इन्दु बर्माले ३ विकेट लिँदा कविता कुँवर, कविता जोशी र सीता रानामगरले समान २-२ विकेट लिएका थिए।
पाकिस्तानका लागि ओपनर शवाल जुलफिकरले २८ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक अन्य ब्याटरले भने गतिलो प्रदर्शन गर्न सकेनन्। सदाफ खानले १२ रन बनाउँदा गुल फेरोजाको ११ रनको स्कोर तयार गरिन्। कप्तान फतिमा सना १६ रनमा आउट भएकी थिइन्।
प्रतियोगितामा नेपाल थाइल्यान्डले सहभागिता नजाउने भएपछि अवसर पाएर हङकङ पुगेको थियो। थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिँदा नेपालले अवसर पाएको हो। यो प्रतियोगितामा नेपालको पहिलो सहभागिता हो।
प्रतियोगितामा नेपाललले आफ्नो समूहमा अब हङकङ र भारतसँग प्रतिस्पर्धा गर्ने छ। दोस्रो खेलमा नेपालले १५ जुनमा भारतसँग खेल्दा १७ जुनमा घरेलु टोली हङकङको सामना गर्ने छ।
प्रतियोगिताको अर्को समूहमा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए रहेका छन्। प्रतियोगिता दुवै समूहबाट शीर्ष दुई-दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







