Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

असार ३० गते हेटौंडामा कोरा साइकलयात्रा हुने

cycle-1686702672.jpg

file photo

३१ जेठ, हेटौंडा । ‘कोरा’ साइकलयात्रा एक महत्वपूर्ण पर्वको रुपमा विश्वभरिका साइकल यात्रीहरुले स्थानीय मठ मन्दिरहरुको परिक्रमा गरी मनाइने धार्मिक महोत्सव हो । बिगतका वर्ष झैं यो वर्ष पनि मकवानपुरमा यही असार ३० गते साइकलयात्रीहरुले कोरा साइकलयात्रा आयोजना गर्ने भएका छन् । 
कोरा साइकलयात्रामा कम्तिमा दुई सयजना साइकलयात्रीले सहभागिता जनाउने अनुमान आयोजक संस्थाले गरेको छ । हिमालयन राइडर्स सोसाइटी मकवानपुरले कोरा साइकलयात्रा आयोजना गर्न लागेको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिएका छन् । हेटौंडा कोरा च्यालेन्ज २०२३ मा सहयात्रा गर्न इच्छुक साइकलयात्रीलाई सोसाइटीले आव्हान गरेको छ । 
यो वर्षको कोरा महोत्सवमा सहभागी हुँदै स्थानीय मठमन्दिरको दर्शन गरी पुण्य प्राप्त गर्न सोसाइटीले आग्रह गरेको हो । हेटौंडा नगरक्षेत्रमा रहेका धार्मिकस्थलको परिक्रमा गरी यो वर्षको कोरा साइकलयात्रा समापन गरिने आयोजक संस्थाले जनाएको छ । 
स्थानीय पर्यटनको विकास, स्वास्थ्य, पर्यावरण बचाउनका लागि साइकल चलाउने बानीको विकास गर्न कोरा साइकलयात्रामा सहभागी बन्नका लागि अनलाइन फारम भर्न र आफ्नो सिट सुनिश्चित गर्न सोसाइटीले आग्रह गरेको छ । यो वर्षको कोरा साइकलयात्रा करिब २१ किमिको हुने सोसाइटीका उपाध्यक्ष राजु थापामगरले जानकारी दिएका छन् । 
हुप्राचौरको पशुपतिनाथ मन्दिरबाट सुरु भई कुष्माण्ड सरोबर (त्रिबेणीधाम), जलेश्वर, मुक्तिनाथ, बिन्द्यबासिनी, बनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर, भुटनदेबी मन्दिर परिक्रमा गरी कोरा साइकलयात्रा समापन गरिने बताइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार