१४ भदौ, हेटौँडा । चित्लाङका गाविस सचिव तपराज जोशीको निधन भएको छ । उपचारका क्रममा सोमबार बेलुका उनको निधन भएको हो ।
उच्च ज्वरो आएपछि काठमाण्डौंस्थित शिक्षण अस्पतालमा एक साता अघिदेखि उपचार गराईरहेका उनको उपचारका क्रममा निधन भएको सहकर्मी एवं टिष्टुङ गाविस सचिव राजेन्द्र चौलागाईले बताए । जोशीको मंगलबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । विगत तीन बर्षदेखि चित्लाङ गाविस सचिवको जिम्मेवारी सम्हालेका जोशी अत्यन्तै मिलानसार मानिन्थे । मृदुभाषी जोशी गाउँमै रहेर सेवाग्राहीको सेवा गर्न मन पराउने कर्मचारी रहेको स्थानीयको भनाई छ ।
दुई बर्ष अघि संचारकर्मीहरुसँगको भेटमा उनले थाहा नगरपालिकाले नसमेटेका गाविसहरु चित्लाङ, मार्खु र कुलेखानीलाई समेटेर ‘आहा नगरपालिका’ बनाउनुपर्ने परिकल्पना सुनाएका थिए । उनले यो क्षेत्रलाई उदाहरणिय बनाउने सोच रहेकाले नाम पनि ‘आहा’ राख्नुपर्ने बताएका थिए । नगरपालिका बनेपछि विकासका योजनालाई व्यवस्थित ढंगबाट अघि बढाउन सकिने भन्दै राजधानीबाट नजिकै रहेको र सडक सञ्जाल पूर्वाधार समेत रहेकाले पनि तीन गाविसलाई समेटेर नगरपालिका बनाउने पर्ने उनको तर्क थियो । उनी मकवानपुरे संचारकर्मीलाई चित्लाङमा रहेका धार्मिक एवं प्राकृतिक महत्वबारे ‘हाईलाईट’ गर्न झकझकाई रहन्थे । आक्कलझुक्कल सदरमुकाम हेटौँडा आउँदा पनि उनी यस विषयमा सरोकारवालाहरुसँग छलफल गर्ने गर्थे ।
पर्यटकिय क्षेत्र भएकाले चित्लाङ, मार्खु र कुलेखानीमा पर्यटन प्रवद्र्धनबाटै विकास गर्न सकिने धारणा नेपाल पत्रकार महासंघ मकवानपुरले चित्लाङ गरेको बैठकका क्रममा पनि उनले योजना सुनाएका थिए । उनका श्रीमति र एक छोरा छन् । जोशीको निधनप्रति सामाजिक सञ्जालमार्फत शुभेच्छुक शुभचिन्तकले दुःख व्यक्त गरेका छन् ।
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...


















