Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा बाम बर्चश्व

Baam-Photo1-1512900914.jpg

हेटौँडा, २४ मंसिर । मंसिर २१ गते सम्पन्न प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचनमा मकवानपुरमा बाम गठबन्धनले बर्चश्व कायम गरेको छ ।
२ प्रतिनिधिसभा र ४ प्रदेश सभा रहेको मकवानपुरमा बाम गठबन्धनले प्रतिनिधिसभाको दुबै क्षेत्र र प्रदेशर्फको ३ वटा क्षेत्रमा विजय हासिल गरेको छ । प्रतिनिधिसभा १ मा राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका कृष्णप्रसाद दाहाल विजयी भए । प्रतिनिधिसभा २ तर्फ बाम गठबन्धनका उम्मेदवार विरोध खतिवडाले लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनालाई पराजित गरे ।

प्रदेशतर्फ बाम गठबन्धनका उम्मेदरहरु प्रतिनिधिसभा १ को प्रदेश १ मा नेकपा माओवादीका प्रेमबहादुर पुलामीले नेपाली कांग्रेसका धर्मराज लामिछानेलाई पराजित गरेका छन् । प्रदेश २ मा नेकपा एमालेका डोरमणी पौडेलले नेपाली कांग्रेसका अशोकराज शाक्यलाई पराजित गर्दा प्रतिनिधिसभा २ को प्रदेश १ मा नेकपा माओवादीका कुमारी मोक्तानले नेपाली कांग्रेसका यतिराज सापकोटालाई पराजित गरे ।

प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश २ मा लोकतान्त्रिक गठबन्धनले जितेपछि लालकिल्ला बनाउने बाम गठबन्धनको लक्ष्य भने पुरा हुन पाएन । लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ईन्द्रबहादुर बानियाँले एमालेका राजाराम स्यांतानलाई पराजित गरे । उपप्रधानमन्त्री समेत रहेका राप्रपाका अध्यक्ष कमल थापाको पराजय र लालकिल्ला हुनबाट रोक्ने पूर्व गृहराज्यमन्त्री समेत रहेका नेपाली कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको विजय मकवानपुरमा चर्चाको विषय बनेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार