Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा खुल्यो एक्सपर्टको शाखा 

25114948_1835912733126051-1512917465.jpg

 २४ मंसिर, हेटौंडा । अष्ट्रेलिया अध्ययन कसरी गर्ने  भनेर अन्यौलमा रहेका पिद्यर्थीहरुको लागि मकवानपुरमा  परामर्श केन्द्र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको नयाँ शाखा मकवानपुरको हेटौंडाको पारिजात पथमा संचालनमा आएको छ । 

आज  एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले २५ औं शाखा कार्यालयको शुभारम्भ गरेका हुन । शाखा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले मकवानपुरबाट उच्च शिक्षा हासिलका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई एक्सपर्ट भरपर्दो माध्यम बनोस् भन्दै शुभकामना व्यक्त गर्दै , हेटौंडा पनि शैक्षिक हब बन्दै गईरहेको भन्दै एक्सपर्टको उपस्थितिले थप सहयोग पुगेको बताए  ।
त्यसैगरी कार्यक्रममा बोल्दै मकवानपुरका जिल्ला शिक्षा अधिकारी बद्री भट्टराईले हेटौंडामा शुभारम्भ गरेको संस्थाले जिल्लाको शिक्षा क्षेत्रमा सकरात्मक प्रभाव पार्नेमा विश्वास व्यक्त गरे  । कार्यक्रममा बोल्दै एक्सपर्टका नेपाल निर्देशक खगराज संग्रौलाले २५ हजार भन्दा बढि विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउन सफल कन्सलटेन्सी हेटौंडामा खुल्नु मकवानपुरे विद्यार्थीहरुका लागि अवसर भएको  बताए । कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष मदन दाहाल, ४ नम्बर वडाध्यक्ष नविन सिग्देललगायतले मन्तव्य व्यक्त गरेका थिए ।   कार्यक्रम एक्सपर्ट हेटौंडाका निर्देशक घननाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैबीच शाखा कार्यालय समुद्घाटन समारोहको अवसरमै आज सेमीनार समेत आयोजना गरिएको छ । सेमीनारमा एक्सपर्ट अष्ट्रेलियाका सिईओ सन्जिव शर्माले अष्ट्रेलियाको शिक्षा र एक्सपर्टको विषयमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए  भने २०१० की मिस नेपाल सदिक्षा श्रेष्ठ र संचारकर्मी राधाकृष्ण धितालले व्यक्तित्व विकास र बोल्ने कला बारे प्रशिक्षण दिएका थिए  ।    


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार