१५ भदौ, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)को संयोजनमा मनहरी–३ विजौनामा गरिएको तटबन्धले यहाँको बस्ति र खेतियोग्य जमिन सुरक्षित भएको छ । फेकोफनको संयोजनमा मनहरीमा भईरहेको हरियो वन कार्यक्रमको बुधबार गरिएको अनुगमनमा स्थानीयले तटबन्धपछि आफ्नो बस्ति र खोतियोग्य जमिन सुरक्षित भएको बताएका हुन् ।
विजौनामा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समूहले बस्ति र खेतियोग्य जमिन सुरक्षाका लागि गरेको तटबन्धको सरोकारवालाहरुले अनुगमन गरेका थिए । अनुगमनका क्रममा वन समूहले कत्ले र हाङ्गाला खोल्सीमा गरेको तारजालिसहितको तटबन्धका कारण मनहरी–३ विजौनाको करिव एक सय विगाह खेतियोग्य जमिन सुरक्षित भएको जानकारी दिईएको थियो । दुईवटा खोल्सीमा गरी १ सय २९ मिटर लामो तटबन्ध भएको छ । ‘तटबन्ध पछि एक सय विगाह खेतियोग्य जमिन र करिव एक सय ५० घरधुरी सुरक्षित भएको छ ।’–समूहका अध्यक्ष रघुनाथ रुम्बाले भने । रुम्बाका अनुसार दुई खोल्सीमा बर्षेनी बाढि आउँदा मनहरी वडा नम्बर ३, ५ र ६ का खेतिबाली नष्ट हुने र घरबार छोडेर भाग्नुपर्ने अवस्था थियो । अनुगमनमा सहभागीाहरुलाई स्थानीयले तटबन्धका कारण खेत र बस्ति जोगिएको भन्दै यसलाई थप मजबुद बनाउन पहल गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले तटबन्ध आसपास बृक्षरोपण गर्न आग्रह गरेका छन् ।
सधैं बाढिका कारण खेतियोग्य जमिन र बस्ति नै जोखिममा पर्ने देखेपछि ५ लाख रुपैँया समूहलाई तटबन्धका लागि उपलव्ध गराईएको फेकोफन मकवानपुरकी अध्यक्ष पञ्चमाया स्यांतानले बताईन् । केयर नेपालको आर्थिक सहयोग रहेको कार्यक्रम प्रभावकारी भएको अनुगमनका सहभागीहरुले बताएका थिए । उनीहरुले तल्लो क्षेत्रमा तटबन्धको काम गुणस्तरीय भएको भन्दै बाढि पहिरो नियन्त्रणका लागि माथिल्लो क्षेत्रमा पनि काम गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले माथिल्लो क्षेत्रमा हुने खोरिया खेति नियन्त्रणका लागि केयर नेपाल र फेकोफनको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा केयर नेपाल, फेकोफन, वन, जिविस, बनस्पति, भूसंरक्षण, पशु, कृषि, महिला बालबालिका कार्यालय, हिमवन्ति नेपाल,संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




