Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तटबन्धले बस्ति र खेतियोग्य जमिन सुरक्षित

Anugaman1-1472645052.jpg

१५ भदौ, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)को संयोजनमा मनहरी–३ विजौनामा गरिएको तटबन्धले यहाँको बस्ति र खेतियोग्य जमिन सुरक्षित भएको छ । फेकोफनको संयोजनमा मनहरीमा भईरहेको हरियो वन कार्यक्रमको बुधबार गरिएको अनुगमनमा स्थानीयले तटबन्धपछि आफ्नो बस्ति र खोतियोग्य जमिन सुरक्षित भएको बताएका हुन् ।
विजौनामा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समूहले बस्ति र खेतियोग्य जमिन सुरक्षाका लागि गरेको तटबन्धको सरोकारवालाहरुले अनुगमन गरेका थिए । अनुगमनका क्रममा वन समूहले कत्ले र हाङ्गाला खोल्सीमा गरेको तारजालिसहितको तटबन्धका कारण मनहरी–३ विजौनाको करिव एक सय विगाह खेतियोग्य जमिन सुरक्षित भएको जानकारी दिईएको थियो । दुईवटा खोल्सीमा गरी १ सय २९ मिटर लामो तटबन्ध भएको छ । ‘तटबन्ध पछि एक सय विगाह खेतियोग्य जमिन र करिव एक सय ५० घरधुरी सुरक्षित भएको छ ।’–समूहका अध्यक्ष रघुनाथ रुम्बाले भने । रुम्बाका अनुसार दुई खोल्सीमा बर्षेनी बाढि आउँदा मनहरी वडा नम्बर ३, ५ र ६ का खेतिबाली नष्ट हुने र घरबार छोडेर भाग्नुपर्ने अवस्था थियो । अनुगमनमा सहभागीाहरुलाई स्थानीयले तटबन्धका कारण खेत र बस्ति जोगिएको भन्दै यसलाई थप मजबुद बनाउन पहल गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले तटबन्ध आसपास बृक्षरोपण गर्न आग्रह गरेका छन् ।
सधैं बाढिका कारण खेतियोग्य जमिन र बस्ति नै जोखिममा पर्ने देखेपछि ५ लाख रुपैँया समूहलाई तटबन्धका लागि उपलव्ध गराईएको फेकोफन मकवानपुरकी अध्यक्ष पञ्चमाया स्यांतानले बताईन् । केयर नेपालको आर्थिक सहयोग रहेको कार्यक्रम प्रभावकारी भएको अनुगमनका सहभागीहरुले बताएका थिए । उनीहरुले तल्लो क्षेत्रमा तटबन्धको काम गुणस्तरीय भएको भन्दै बाढि पहिरो नियन्त्रणका लागि माथिल्लो क्षेत्रमा पनि काम गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले माथिल्लो क्षेत्रमा हुने खोरिया खेति नियन्त्रणका लागि केयर नेपाल र फेकोफनको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा केयर नेपाल, फेकोफन, वन, जिविस, बनस्पति, भूसंरक्षण, पशु, कृषि, महिला बालबालिका कार्यालय, हिमवन्ति नेपाल,संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Anugaman2-1472645052.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार