आर आर चौलागाईं
ए, शेषकान्त सर !
ए, निर्मला म्याडम् !
कत्ति बटुल्नुहुन्छ प्लास्टिक
कत्ति उठाउनुहुन्छ फोहोर
भो, अब नगर्नोस् ।
सफा गर्छौँ भनेर कसम खानेहरू
चुनाव जितेर गइहाले
सायद अब पाँच वर्षसम्म देखा नपर्लान्
तपाईँले पढाएका विद्यार्थीहरू
दिनहुँ यही बाटो हिँड्छन्
“सर ! हामी पनि छौँ”भन्दैनन्
“म्याडम् ! हामी पनि खट्छौँ” भन्दैनन्
बरु नाक छोपेर हिँड्छन्
बरु मुख लुकाएर भाग्छन्
उनीहरू ठुलो मान्छे हुन छोडेर
यो सानो काममा के आउँथे र !
उनीहरू क्याफे र रेस्टुरेन्ट जान छोडेर
यो अस्तव्यस्ततामा के रमाउँथे र !
ए, शेषकान्त सर !
ए, निर्मला म्याडम् !
कत्ति लाउनुहुन्छ खरेटो
कत्ति फाँड्नुहुन्छ झाडी
भो, अब नगर्नोस् ।
मेला लाउनेहरू व्यापार गर्छन् र कमाएर फर्किन्छन्
खेलाडीहरू पुरस्कार जित्छन् र खुसीयाली मनाउँछन्
सवारी सिक्नेहरू दक्ष हुन्छन् र लाइसेन्स लिन्छन्
नेताहरू भाषण गर्छन् र माथिमाथि पुग्छन्
यो त्यही चौर हो
जहाँ मान्छेहरू कुकुरको सट्टा बाह्रै महिना कात्तिक मनाउँछन्
यो त्यही चौर हो
जहाँ मान्छेहरू सोमरस तन्काएर वाकवाकी गरिरहेका हुन्छन्
तपाईँहरूले ठुलो गल्ती गर्नु’भो यो देशमा जन्मिएर
चारैतिर हराभरा हुनुपर्छ भन्नुहुन्छ
सबैतिर सिनित्त र सफा पार्नुपर्छ भन्नुहुन्छ
यो अनौठो कुरा गर्नु’भो तपाईँहरूले
यो कसैले नउठाएको मुद्दा उठाउनु’भो तपाईँहरूले
हामीलाई त फोहोरमा रमाउने बानी परिसकेको छ
हामीलाई त रछ्यानमा बसेर खाने लत बसिसकेको छ
ए, शेषकान्त सर !
ए, निर्मला म्याडम् !
कत्ति जलाउनुहुन्छ थोत्रा कागज
कत्ति पन्छाउनुहुन्छ सिसाका टुक्रा
भो, अब नगर्नोस् ।
शेषकान्त सर, निर्मला म्याडम्
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















