Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

साफ च्याम्पियनसिपको उपाधि भारतलाई

Screenshot_20230705_07092-1688520281.jpg

२० असार, काठमाडौं । साफ च्याम्पियनसिपको उपाधि भारतले हात पारेको छ । मंगलबार बैंगलोरमा भएको फाइनलमा भारतले आमन्त्रित कुवेतलाई सडन डेथमा पराजित गर्दै उपाधि जितेको हो ।
भारतको जितमा गोलरक्षक गुरप्रित सिंह नायक सावित भए। उनले कुवेती दुई खेलाडीको पेनाल्टी सट रोक्दै भारतलाई साफ च्याम्पियन बनाए। टाइब्रेकरमा ५ मध्ये दुबै टिमले समान ४-४ गोल गरेका थिए। तर  सडन डेथमा भने भारतले बाजि मार्न सफल भयो। निर्णायक पेनाल्टीमा कुवेतका कप्तान अल इब्राहिम गोल गर्न चुकेका थिए। तर त्यसअघि टाइब्रेकरमा पहिलो सटमानै कुवेतका अब्दुल्लाहको सट गुरप्रितले जोगाएका थिए। तर भारतका उदान्त सिंहले गोल गर्न चुक्दा पुन कुवेत खेलमा फर्किएको थियो। तर सडन डेथमा कप्तानको प्रहारलाई जोगाएसँगै भारत च्याम्पियन बन्यो। भारतका लागि भने सडन डेथमा महेश सिंहले गोल गरेका थिए।
निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा भारतले ५-४ ले खेल आफ्नो पक्षमा पारेको थियो। यसअघि सेमिफाइनलमा पनि भारतले अर्को अरेबियन टोली लेबनानलाई पेनाल्टी सुटआउटमानै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।
खेलमा अग्रता भने कुवेतले लिएको थियो। १४ औं मिनेटमा कुवेतका स्ट्राइकर शबेव अल खल्दीले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले लेफ्ट विंग्स अब्दुल्ला अमरको क्रसलाई गोलमा परिणत गरे। तर ३८ औ मिनेटमा लालिन जुवालाले भारतका लागि बराबरी गोल गर्दै भारतलाई खेलमा फर्काए। तर त्यसपछि निर्धारित र अतिरिक्त समय बराबरी सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । जसमा भारतले बाजि मार्न सफल रह्यो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार