Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुरको थाहा–१२ का वडाध्यक्ष सहित १० जनालाई पक्राउ पुर्जी, वडाध्यक्ष फरार 

download-(3)-1689003995.jpg

google photo

२५ असार,हेटौँडा । मकवानपुरको थाहानगरका एक जना वडाध्यक्ष पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् । एक व्यक्तिको जग्गालाई नक्कली कागजपत्र खडागरी आफु छोरा बनेर अर्काको नामको जग्गा नामसारी गरी ठगी गरेको आरोप लागेका मकवानपुरको थाहानगर वडा नम्बर १२ का  वडाध्यक्ष टिकाराम स्याङ्तान फरार भएका छन् । किर्तेगरी अर्काको नाममा जग्गालाई नामसारी गरी बेचेको घटनामा संलग्न भएको आरोपमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि स्याङ्तान यति बेला फरार भएका हुन् । यति बेला थाहानगर एक वडाध्यक्ष सहित १० जना फरार रहेको बुझिएको छ । 
अर्काको नाममा जग्गालाई नामसारी गरी बेचेको घटनामा संलग्न थाहा नगरपालिका १२ का वडाध्यक्ष टिकाराम स्याङ्तान, वडा सचिव ओब्जङ बहादुर रोकाया, कार्यालय सहयोगी चन्द्रकुमार मोक्तान, किर्तेका योजनाकार बमबहादुर गुरुङ, उनका छोरा राजु गुरुङ, १२ नम्बर वडा कै रामशरण गुरुङ, कृष्ण बहादुर गुरुङ, सुकुमान स्याङ्तान, राम बहादुर स्याङ्तान र नरेश घलान रहेको र पक्राउ पुर्जी जारी भएकपछि फरार रहेको मकवानपुर प्रहरी श्रोतले जनाएको छ । फरार खोजी भइरहेको प्रहरीले जनाएको छ । जग्गा बिकीका लागि बैना गर्न लाग्दा प्रहरीले घटना बाहिर ल्याएको हो ।  स्याङ्जामाकी उमादेवी गुरुङलाई आमा बनाएर सतराज गुरुङले जग्गा हडपेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । सतराज गुरुङ पक्राउ परेपछि घटनाको जानकारी बाहिर आएको हो । गुरुङलाई आफ्नी आमा रहेको भनी नक्कली मुत्यु दर्ता, नाता प्रमाणित प्रमाणपत्र लगायतका झुट्टा कागजहरू तयार गरी विभिन्न व्यक्ति तथा निकायको मिलेमतोमा उमादेवी गुरुङका नाममा रहेको काठमाडौंको कीर्तिपुर नगरपालिका ३ मा रहेको जग्गा नामसारी गरेको फेला परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोज केसीले बताएका छन् । पक्राउ परको माथि आवश्यक अनुसन्धान भइरहेको र फरार १० जनाको मकवानपुर प्रहरीको सहयोग खोजि कार्य भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताएका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
भरतपुरमा स्कूल बसमा पेट्रोल छरकेर आगजनी
FB_IMG_1715488175618-1715496084.jpg

३० बैशाख, भरतपुर। चितवनको भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान भरतपुर  महानगरपालिका-२० दद्रेनी...

कोलकत्ता नाइट राइडर्स आइपिएलको प्लेअफमा
110035307-1715481357.jpg

३० बैशाख, काठमाडौं । कोलकत्ता नाइट राइडर्स भारतमा जारी इंडियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ । गएराति भएको...

गायक रवि ओडद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
Screenshot_20240512_08081-1715480606.jpg

३० बैशाख, कञ्चनपुर । गायक तथा नेपाल आइडल सिजन-२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले इलाका...

नेकपा एकीकृत समाजवादीको बैठक आज बस्दै
nekapa-ekikrit-samajbadi-1715479505.jpg

३० बैशाख, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज  बस्दैछ । स्थायी कमिटी बैठक...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715478979.jpg

३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडामा भतिजद्वारा काकी माथि कैची प्रहार
images(3)-1715433645.jpg

२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...

सामुदायिक विद्यालयको गुणस्तर सुधार, पहिलो प्राथमिकताः वडाध्यक्ष सिग्देल
Capture-1715431041.JPG

२९ बैशाख, हेटौँडा । सामुदायिक विद्यालयको गुणस्तर सुधार पहिलो प्राथमिकता रहेको हेटौँडा ४ नं. वडाध्यक्ष नवीन...

नेता बानियाँद्वारा गोरक्षनाथ मन्दिर उद्घाटन
Screenshot_20240511_17424-1715428677.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडा-१८ फुर्केचौरस्थित गोरक्षनाथ महादेव मन्दिर उद्घाटन गरिएको छ । महादेव मन्दिर निर्माण...

संसदीय छानबिन समिति गठन नगरिए कांग्रेसले संसद अवरोध जारी राख्ने
congress.jpg-16-1715418454.jpg

२९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय...

थप समाचार