Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

पललाई अतिथि बनाइएको ‘ह्वाट द फ्लप’को इपिसोड युट्युबबाट हटाइयो

Screenshot_20230711_07514-1689041353.jpg

२६ असार, काठमाडौं । कान्तिपुर टेलिभिजनले पाठक र दर्शकहरुको व्यापक जनगुनासोपछि पल शाहलाई अतिथि बनाइएको ‘ह्वाट द फ्लप’को इपिसोड युट्युबबाट हटाएको छ ।
नाबालिग बलात्कारको आरोपमा जेलसजाय भोगेका पल शाहले आफ्नो जेलजीवनबारे गरेका ठट्टा र त्यसमा कार्यक्रम सञ्चालक सन्दीप क्षेत्रीको अट्टहासपूर्ण हाँसो र मजाकको स्रोता तथा दर्शकहरुले सामाजिक सञ्जालमा व्यापक आलोचना गरेका थिए ।
नाबालिग बलात्कारको मुद्दालाई कान्तिपुर टेलिभिजनले मजाकको विषय बनाएको भन्दै व्यापक आलोचना भएपछि कान्तिपुर टेलिभिजनले प्रसारणको करिब २४ घन्टापछि सोमबार बेलुका उक्त इपिसोड युट्युबबाट हटाएको हो ।
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाले यस विषयलाई गम्भीरतापूर्वक लिने बताएपनि सामाजिक सञ्जालमा कन्टेन्ट नै हटाउनुपर्ने भन्दै दबाब बढेको थियो ।
दबाब थेग्न नसकी कान्तिपुर टेलिभिजनले ६ लाख भन्दा बढीले हेरिसकेको उक्त कन्टेन्ट युट्युबबाट हटाउँदै महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धतासाथै एजेन्डा पनि भएको उल्लेख गरेको छ ।
कान्तिपुरले भनेको छ- गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजन सम्मान गर्दछ । महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धता साथै एजेन्डा पनि हो । त्यसैले सो कार्यक्रमको कन्टेन्ट युट्युबबाट फिर्ता गरिएको छ । (देशसंचारबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड बढि जरिवाना
Screenshot_20240508_07130-1715131698.jpg

२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
432778047_122130663218178-1715131304.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

आज मातातीर्थ औँशी मनाइदै
1_gNSPSZrO3S-1715130954.jpg

२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715130201.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार