Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौंडा १३ मा सार्वजनिक सुनुवाईः स्थानीयको गुनासो, जनप्रतिनिधिको सम्बोधन

361644139_318580120509324-1689520713.jpg

३१ असार, हेटौंडा । हेटौंडा–१३ पदमपोखरीमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ । हेटौंडा–१३ नम्बर वडा कार्यालयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रम हेटौंडा उपमहानगरपालिकाले सेवा प्रवाहको विषयमा स्थानीयको प्रत्यक्ष सुनुवाई गर्ने उद्देश्यले आयोजना गरिएको हो । हेटौंडा–१३ का वडाध्यक्ष  पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी हेटौंडाकी मेयर मीनाकुमारी लामा रहेकी थिइन् । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले सार्वजनिक चासोको रुपमा रहेको विषयमा प्रश्न उठाएका थिए । स्थानीयले वडाको शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, कृषिलगायत सार्वजनिक चासोको विषयमा गुनासा तथा सुझाव राखेका थिए । 

कार्यक्रममा स्थानीयबासी दिपेश मिश्र, नारायणप्रसाद पौडेल, संगीता वाइबा, रामबहादुर वाइबा, शंकर रोक्का, उत्तम वाइबा, सरस्वती तामाङ, राधिका वाग्ले, धिरेन  लामा, उत्तरसिं घलान, जगन्नाथ पौडेललगायतले आफ्ना टोलका समस्या र गुनासा राखेका थिए । स्थानीयको चासो, गुनासो र प्रश्नलाई नगर प्रमुख लामाले समस्या समाधानमा आफ्नो ध्यानाकर्षण भएको बताइन् । उपमहानगरले स्वास्थ्यको विकासमा ध्यान दिएको बताउँदै पदमपोखरीमा ५ शैयाको अस्पताल निर्माणको तयारी भएको उदघोष गरकी थिइन्। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले स्थानीयको समस्या समाधान गर्न उपमहानगर सधैं तत्पर रहेको बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले उपमहानगरपालिकाले चालू आवमा १३ नम्बर वडामा गरेका कामहरु र आगामी आवमा छुट्याइएको योजनाहरुको बारेमा सहभागीलाई जानकारी गराएका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, महिला तथा बालबालिका शाखा प्रमुख विष्णुकुमारी लामिछानेलगायत विभिन्न शाखाका प्रमुख, प्राविधिकलगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

थप समाचार