२८ मंसिर, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बजारमा देखिएको खाद्य गुणस्तरसम्बन्धी समस्या समाधानका लागि सराकोरवाला निकायको एकिकृत प्रयास जरुरी रहेको बताएका छन् ।
क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले गरेको समिक्षा एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बुढाले गुण नियन्त्रण कार्यालयले आप्mनो क्षेत्रबाट काम गरिरहेको बताउँदै यसमा नागरिक समाज, उपभोक्तावादी संघसंस्था, उपभोक्ता र संचारमाध्यमको पनि प्रयास आवश्यक रहेको बताए । उनले बजारमा देखिएका समस्याबारे प्रशासन वा गुण नियन्त्रण कार्यालयमा जानकारी दिए आफुहरु कारवाहीका लागि तत्पर रहेको बताउँदै यसमा सबैको साथ आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले चाडपर्व लक्षित नियमित बजार अनुगमनसंगै अन्य समयमा पनि आकस्मिक अनुगमनमा जोड दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडा, सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता हरि भट्ट, खाद्य निरीक्षक कौशल ओझा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यालयका प्रमुख राजकुमार रिजालको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्तावादी संघसंस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायी, विभिन्न कार्यालयका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...


















