होमनाथ सापकोटा
१५ भदौं, चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा स्थापना गरिएको चेपाङ सङ्ग्रहालयको बुधवार उद्घाटन गरिएको छ । चेपाङ समुदायको सँस्कृति संरक्षणको लागि गामवेसीको चेपाङ संरक्षण केन्द्रले सङ्ग्रहालय स्थापना गरेको हो ।
सङ्ग्रहालयको कान्तिपुर दैनिकका समाचार सम्पादक अखण्ड भण्डारीले उद्घाटन गरेका थिए । सौराहामा पहिलो पटक स्थापना गरिएको चेपाङ सङ्ग्रहालय उद्घाटन कार्यक्रममा सौराहाका पर्यटन व्यवसायी, चरा संरक्षणकर्मी, नेचर गाईड, वन्यजन्तु संरक्षणकर्मी, स्थानीय बासिन्दा तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । चेपाङ वालवालिकाको लालनपालनको लागि आर्थिक श्रोत जुटाउन र चेपाङ समुदायको साँस्कृति संरक्षण गर्न केन्द्रले सौराहामा चेपाङ सङ्ग्रहालय स्थापना गरेको हो । केन्द्रका अध्यक्ष केपिकिरण शर्माले महाभारत श्रृखलामा बसोबास गर्ने चेपाङ समुदायका बस्तीबाट संकलन गरेका महत्वपूर्ण समाग्रीहरु सङ्ग्रहालयमा राखिएको छ । चेपाङ सँस्कृतिलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सङ्ग्रहालय स्थापना गरिएको केन्द्रका अध्यक्ष शर्माले बताए ।
सङ्ग्रहालयमा चेपाङ समुदायले दैनिक प्रयोग गर्ने औजार, उपयोगमा ल्याइने गरेका वर्तन,सिकार खेल्दा प्रयोग गरिने पुरातन हतियार, उपचारमा प्रयोग गर्ने समान, कन्दमुद, गिठ्टा भ्याकुर लगायतका ३०७ प्रकारका सामाग्रीहरु संग्रहित गरिएको अध्यक्ष शर्माले बताए । केन्द्रमा आश्रित करिव १२५ जना चेपाङ वालवालिकाको शिक्षा र लालनपालनको लागि दीर्घकालिन श्रोत जुट्न सकेको छैन । केन्द्रका अध्यक्ष शर्माले मागेरै १२५ जना चेपाङ वालवालिकालाई आश्रम दिईरहेका छन । चेपाङ वालवालिकाको दीर्घकालिन श्रोत जुटाउन पनि सङ्ग्रहालय स्थापना गर्नूको अर्को उद्देश्य हो । उद्घाटन कार्यक्रममा व्यवसायीहरुले चेपाङ सङ्ग्रहालयलाई पर्यटकलाई प्रदान गर्ने प्याकेज कार्यक्रममा राखेर अबलोकन गर्ने व्यवस्था मिलाउने बताएका थिए । सौराहामा चेपाङ सङ्ग्रहालय स्थापना भएपछि चेपाङ संस्कृति देखाउन पहाडी गाविस जानुपर्ने बाध्यता हटने वर्ड एजुकेशन सोसाईटी चितवनका निर्वतमान अध्यक्ष बासु विडारीले बताए । कार्यक्रममा चेपाङ अगुवा यमप्रसाद चेपाङले चेपाङका दुख र पिडा समेटिको गीत प्रस्तुत गरेका थिए ।
सामाजसेबी विष्णुप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना, चितवन पोष्ट दैनिकका सम्पादक धर्मराज अर्याल, केन्द्रकी सल्लाहाकार सरस्वती रिजाल, क्षेत्रीय होटल संघका प्रथम उपाध्यक्ष सुमन घिमिरे, शिक्षक अतिवल चेपाङ लगायतले बोलेका थिए । सङ्ग्रहालय अबलोकनका लागि विद्यार्थीलाई रु १० स्वदेशी पर्यटकलाई २० र विदेशी पर्यटकलाई २० रुपैया निर्धारण गरिएको छ ।
पत्रकार अर्याल सम्मानित
गामवेसीको चेपाङ संरक्षण केन्द्रले चितवन पोष्ट दैनिकका सम्पादक तथा चितवनका पुराना पत्रकार धर्मराज अर्याललाई बुधवार सम्मान गरेको छ । पत्रकारिता मार्फत चेपाङ समुदायको उत्थान र सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको उच्च मुल्याङकन गरी केन्द्रले पत्रकार अर्याललाई सम्मान गरेको हो ।
सङ्ग्रहालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कान्तिपुर दैनिकका समाचार सम्पादक अखण्ड भण्डारी र चितवनको पर्यटन प्रर्बधनमा महत्वपूर्ण योगदान दिएका सौराहाका विष्णुप्रसाद अर्यालले धर्मराजलाई माला, ढाकाटोपी र सम्मानपत्रले सम्मान गरेका थिए । पत्रकार अर्यालले चेपाङ समुदायको उत्थान र उनीहरुको शिक्षाका लागि केन्द्र र त्यसका अध्यक्ष केपिकिरण शर्माले गरेको काम स्वागत योग्य रहेको बताए ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















