Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मक्रान्चुलीमा फुटसल पिचको शिलान्यास

Footsal-1513335854.jpg

२९ मंसिर, हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा फुटसल पिच निर्माण हुने भएको छ । फुटसल निर्माणको आज अखिल नेपाल फुटबल संघ ( एन्फा) का वरिष्ठ उपाध्यक्ष मणीकुमारले शिलान्यास गरेका हुन् । फिफाको सहयोग तथा गढी स्पोटर्स क्लव र भानु माविको आयोजनामा शिलान्यास कार्यक्रम भएको हो । 
ग्लोबल टेन्डर लेभन्टा ईटालीयन कम्पनीको सहयोग र दक्षिण एशियाली देश हेर्ने साईन्टोकोस स्पोटर्स प्राइभेट लिमिटेडको प्राविधिक सहयोगमा करीव ३ करोड १५ लाखको लागतमा फुटसल निर्माण हुने जनाईएको छ । फुटसलको निर्माण कार्य १ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको मकवानपुर जिल्ला फुटबल संघका प्रथम उपाध्यक्ष मनिष श्रेष्ठले बताए । एन्फाले काठमाण्डौं,नवलपरासी र मकवानपुर जिल्लाको ३ ठाउँमा फुटसल निर्माण गर्ने बताएको छ । 
भानु मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिलप्रसाद चौलागाईको सभाध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा मकवानपुरगढी ३ का वडा अध्यक्ष भागवत घिमिरे, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ,भानु माविका प्रधानाध्यापक ध्रुव भुजेल,पूर्व प्रधानाध्यापक कृष्ण पोखरेल,रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण विडारी,मनकामना दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष तेजप्रसाद लम्साल लगायतकाले खेल क्षेत्रको लागि आफूले सक्दो सहयोग गर्ने बताए । 
फुटसल निर्माण भएपछि यस क्षेत्रको खेलकुद मात्रै हैन स्थानीय क्षेत्रको समेत विकासमा महत्वपूर्ण सहयोग पुग्नेमा स्थानीय विश्वस्त छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार