Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न सुझाव

ffff-1690852747.JPG

१६ साउन, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्र्नुपर्ने माग उठेको छ । 
मकवानपुर स्थित कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीको संयुक्त जिल्लास्तरीय समितिले हेटौँडा अस्पताललाई मदन भण्डारी विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग अघि सारेको हो । 
सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले गरेको दुई महिनाको अध्ययनका आधारमा आफुहरु यस्तो निर्णयमा पुगेको समितिका संयोजक समेत रहेका कांग्रेस मकवानपुरका सचिव भिमसेन महतले बताए । उनले हेटौंडा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्दै लैजानुपर्ने ठाउँमा प्रतिष्ठानको मातहतमा लगेर अस्पतालको अस्तित्व नै संकटमा पार्न खोजिएको दावी गरे ।
 ‘विगतमा नेपाल सरकारबाट भएको निर्णय कार्यान्वयन गर्दै हेटौँडा अस्पताललाई तीन सय बेडमा स्तरोन्नति गरी दरबन्दी कायम गर्नुपर्ने ठाउँमा प्रतिष्ठान मातहतमा लगेर यसको अस्तित्व नै संकटमा पार्न खोजिएको देखियो । त्यसकारण प्रदेशसभाबाट पास गरिएको प्रतिष्ठानको ऐनमा हेटौँडा अस्पतालसँग जोडिएका विषयहरु सबै खारेज गर्न हामी प्रदेश सरकारसँग माग गर्दछौं ।’ उनले भने । 
सचिव महतले मदन भण्डारी विज्ञान प्रतिष्ठानको आफ्नै अस्पताल निर्माण नहुँदासम्म हेटौँडा अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोग गर्न भने सकिने बताए । उनले यसका लागी प्रदेश सरकारलाई प्रतिष्ठानका लागी आवस्यक पर्ने जग्गा उपलब्ध गराउँनेदेखि पूर्वाधान निर्माणमा समेत सहयोग गर्न सुझाव दिए ।
‘प्रतिष्ठानलाई आवश्यक पर्ने जग्गा, पूर्वाधारको विकासमा प्रदेश सरकारको सहायोगका लागी हामी पनि आग्रह गर्छौ । यथासिघ्र प्रदेश सरकारले ती कुराहरुलाई पुरा गर्नुपर्छ । प्रतिष्ठानले पूर्णता पाउँदा हेटौँडाबासीलाई नै फाइदा पुग्ने भएकाले यस बिषयमा पनि हामी गम्भिर छौं ।’ सचिव महतले भने । 
समितिका सदस्य एवं एकिकृत समाजवादीका जिल्ला सचिव ध्रुव भुजेलले समिति मार्फत प्रतिष्ठान र अस्पतालका बिषयमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान र स्वास्थ्यमन्त्री उत्तम जोशीलाई जानकारी गराइसकिएको बताए । उनले प्रतिष्ठानलाई आफ्नो उद्देश्य अनुरुपको काम अगाडि बढाउन आग्रह गर्दै हेटौँडा अस्पताललाई भने स्वतन्त्र छोड्नुपर्ने सुझाव दिए । 
कांग्रेसका सचिव महत संयोजक रहेको जिल्लास्तरीय समितिमा माओवादी केन्द्रका सचिव भीम पाख्रिन, एकीकृत समाजवादीका सचिव ध्रुव भुजेल र विज्ञ सदस्यको रुपमा हेटौंडा अस्पतालका निवर्तमान अध्यक्ष प्रकाश पौडेल रहेका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

थप समाचार