२ पुस, हेटौँडा । थाईल्याण्डमा सम्पन्न एसीसी अण्डर १६ ईष्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ । फाइनलमा आइतबार सम्पन्न खेलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले हात पारेको हो ।
१ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ दशमलव ५ ओभरमा १ सय १२ रनमा प्याक भएपछि नेपाल ७१ रनले विजयी भएको हो । अजय कुमार लोनिया र सूर्य तामाङको कसिलो बलिङ सामू सिंगापुरका ब्याट्सम्यानहरु निरीह देखिएका थिए । ७ ओभर बलिङ गरेका सूर्यले १ मेडनसहित २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै ५ ओभर बलिङ गरेका अजयले १६ रन खर्चेर ३ विकेट लिए । सिंगापुरका श्रीहर्ष वेणुगोपालले ३१ र आर्नभ वाध्वाले २१ रन जोडे । राउल शर्माले १५ र इशान सनीले १२ रन जोड्नबाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
टर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रन जोडेको थियो । पहिलो विकेट ३ रन जोड्दा गुमाएको नेपालको इनिङ्स क्याप्टेन विशालविक्रम केसी र सुनिल भण्डारीले पाँचौ विकेटका लागि गरेको ४२ रनको साझेदारीले उकास्यो । त्यस्तै छैटौं विकेटका लागि विशाल र नारायण जोशीले ४८ रन जोडेपछि नेपाल उच्च योगफलतर्फ लम्किएको थियो । विशालले आज ६३ रन जोडे । नारायण जोशी ४६ रनमा अविजित रहेको खेलमा सुवास ऐरले २२, त्रितराज दासले १९ र सुनिल भण्डारीले १५ रन जोडे । प्रतिश जि।सी १० रनमा अविजित रहे ।
प्रतियोगितामा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी तृतराज दास रहे । उनले ३२ दशमलव ४० को औसतमा ५ म्याचमा १ सय ६२ रन जोडे । उनी प्रतियोगिताका सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । त्यस्तै क्याप्टेन विशालले १ सय ३६ रन जोडे । बलिङतर्फ नेपालका नारायण जोशीले सर्वाधिक १० र सूर्य तामाङले ९ विकेट लिए ।
स्रोत : इकान्तिपुर
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)