२ पुस, हेटौँडा । थाईल्याण्डमा सम्पन्न एसीसी अण्डर १६ ईष्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ । फाइनलमा आइतबार सम्पन्न खेलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले हात पारेको हो ।
१ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ दशमलव ५ ओभरमा १ सय १२ रनमा प्याक भएपछि नेपाल ७१ रनले विजयी भएको हो । अजय कुमार लोनिया र सूर्य तामाङको कसिलो बलिङ सामू सिंगापुरका ब्याट्सम्यानहरु निरीह देखिएका थिए । ७ ओभर बलिङ गरेका सूर्यले १ मेडनसहित २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै ५ ओभर बलिङ गरेका अजयले १६ रन खर्चेर ३ विकेट लिए । सिंगापुरका श्रीहर्ष वेणुगोपालले ३१ र आर्नभ वाध्वाले २१ रन जोडे । राउल शर्माले १५ र इशान सनीले १२ रन जोड्नबाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
टर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रन जोडेको थियो । पहिलो विकेट ३ रन जोड्दा गुमाएको नेपालको इनिङ्स क्याप्टेन विशालविक्रम केसी र सुनिल भण्डारीले पाँचौ विकेटका लागि गरेको ४२ रनको साझेदारीले उकास्यो । त्यस्तै छैटौं विकेटका लागि विशाल र नारायण जोशीले ४८ रन जोडेपछि नेपाल उच्च योगफलतर्फ लम्किएको थियो । विशालले आज ६३ रन जोडे । नारायण जोशी ४६ रनमा अविजित रहेको खेलमा सुवास ऐरले २२, त्रितराज दासले १९ र सुनिल भण्डारीले १५ रन जोडे । प्रतिश जि।सी १० रनमा अविजित रहे ।
प्रतियोगितामा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी तृतराज दास रहे । उनले ३२ दशमलव ४० को औसतमा ५ म्याचमा १ सय ६२ रन जोडे । उनी प्रतियोगिताका सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । त्यस्तै क्याप्टेन विशालले १ सय ३६ रन जोडे । बलिङतर्फ नेपालका नारायण जोशीले सर्वाधिक १० र सूर्य तामाङले ९ विकेट लिए ।
स्रोत : इकान्तिपुर
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




