Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बाग्मति गाउँपालिका

मकवानपुरमा पहिरोको ताण्डबः एक जनाको मृत्यु,बेपत्ता ६ जनाको खोजी हुदै

jpge-1691467058.jpg

२३ साउन,हेटौँडा । मकवानपुरमा सोमबार देखि परेको अबिरल बर्षका कारण पहिरोले एक घर बगाउदा १ जनाको मृत्यु भएको र ६ जना बेपत्ता भएका छन् । मकवानपुरको बागमती गाँउपालिका वडा नम्बर–५ सिक्रे दोभानमा पहिरोले घर बगाउदा उद्धार गरिएका एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान अबिरल बर्षासँगै खसेको पहिरोले स्थानीय अक्कल बहादुर स्यांतानको घर बगाएको थियो ।
घर बगाउदा अक्कल बहादुर सहित निजको छोरी २२ बर्षीय शिला पहरी, शिलाका श्रीमान २५ बर्षीय जिबन पहरी, शिलाकी ४ बर्षीय छोरा मिलन पहरी, डेढ बर्षीया छोरी दिब्या पहरी र सोही घरमा बास बसेका सन्धुली हरिहरपुर–१ कोकटी बस्ने  १६ । १७ बर्षीय पासाङ घिसिङ बेपत्ता भएका छन् । 
पहिरोमा परि उद्धार गरिएकी अक्क्ल बहादुरकी श्रीमती ५५ बर्षीया सन्त माया स्यांतानको उपचारको क्रममा ज्यान गएको छ । उनलाई स्थानीयले उद्धार गरी फापरवारी ल्याएको र उपचारको क्रममा ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जनाएका छन् । यता मकवानपुरका प्रजिअ सुर्य प्रसाद सेँढाईले बेपत्ताहरुको खोजी कार्यका लागि विपद व्यवस्थापनको टोली पुगिसकेको र स्थानीय पालिकासँग समन्व्य गरेर खोजी कार्य तिब्र पारिएको प्रष्ट खबरलाई बताएका छन् । पहिरोगस्त क्षेत्र मकवानपुर र काभ्रेको सिमा नजिक पर्दछ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार