३ पुष, हेटौँडा । स्पेनिस ला लिगा फुटबलको लिडर बार्सिलोनाले आइतबार रातिको खेलमा प्रभावशाली जित निकाल्दै ६ अंकको अग्रता कायम गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले डिप्रोटिभो डि लाकोरुनालाई ४–० ले हराएको हो ।
बार्सिलोनाको जितमा लुइस स्वारेज र पाउलिन्होले दुई दुई गोल गरे । दुई गोल पहिलो हाफमा र थप दुई गोल दोस्रो हाफमा भएको हो । २९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ४१ औं मिनेटमा पाउलिन्होले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २–० को अग्रता दिलाए । ४७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता ३–० मा पुग्यो । यस्तै ७५ औं मिनेटमा पाउलिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–० को जित दिलाए ।
आइतबारको खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीले दुई गोलका लागि सहयोग गरे पनि गोल भने गर्न सकेनन् । मेस्सीले प्रहार गरेको बल तीनपटक बारमा लागेर फर्किएको थियो । यस्तै उनले पाएको एउटा पेनाल्टी पनि मिस गरेका थिए ।
जितपछि शीर्ष स्थानको बार्सिलोनाको १६ खेलबाट ४२ अंक भएको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ६ अंकले अघि रहेको छ । एथ्लेटिको मड्रिडको ३६ तथा तेस्रो स्थानको भ्यालेन्सियाको ३४ अंक छ भने एक खेल कम खेलेको चौथो स्थानको रियल मड्रिडको ३१ अंक छ ।
आइतबारराति नै भएका अरु खेलमा जिरोनाले गेटाफे तथा भिल्लारियलले सेल्टा डि भिगोलाई समान १–० ले हराए । यस्तै लास पालमस र इस्पानियोलले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
(एजेन्सी)
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)