Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौँडा-६ पिस पार्कमा वृक्षारोपण

363594753_337394988618622-1691653707.jpg

वृक्षारोपण गर्दै बागमती प्रदेश सदस्य ईन्द्र बहादुर बानियाँ

२५ साउन, हेटौँडा । आठौं राष्ट्रिय सामुदायिक वन दिवसको अवसरमा रानी सामुदायिक वन उपभोक्ता समूहले विपी गणेशमान स्मृति शान्ति पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 
वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम प्रदेश सांसद ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै नेता बानियाँले पिस पार्कलाई धार्मिक पर्यटकीय पार्क बनाउनु पर्नेमा जोड दिएका छन् । नेता बानियाँले ६ नम्बर वडा र सम्रग हेटौँडाको गहनाका रुपमा रहेको पार्कलाई आय आर्जनको रुपमा समेत विकास गरिनुपर्ने कुरामा जोड दिएका छन् । कार्यक्रममा धुपी, मेङगो स्टीक, रक्तचन्दन लगायतका विरुवाहरुको वृक्षारोपण गरिएको थियो । 
कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, हेटौँडा ७ का वडा अध्यक्ष दामोदर गौतम, हेटौडा–६ का वडा सदस्य लेखराज ढकाल, विजय पौडेल, मुना बिक, निवर्तमान वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, पर्यटन विकास आयोजना, हेटौडाका निमित्त प्रमुख रोशन कुमार श्रीबास्तव, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, सवडिभिजन वन कार्यालय हेटौडाका फरेष्टर यदु कुमार घिमिरे, नेवि संघ केन्द्रीय सदस्य मिलन पुडासैनी, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, समूहका उपाध्यक्ष केशव धिताल, वन समूहका कार्यसमिति, लेखा समिति, सल्लाहकार, सञ्चारकर्मी, स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्कका अध्यक्ष भीमसेन पौडेलले पार्कको आय ब्यय विवरण प्रस्तुत गरेका थिए भने पार्कका सचिव भरत सापकोटाले पार्कले गरेका विभिन्न गतिविधीको बारेमा जानकारी गराएका थिए ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका अवलोकनकर्ताहरुलाई अबलोकनको लागि उपयुक्त स्थान बनाउने उद्धेश्यका साथ पार्क निर्माण गरिएको हो । यस पार्क भित्र गोलघर, कार्यालय भवन, किराँतेश्वर महादेवको मन्दिर, व्याडमिन्टन कोर्ट, टिकटक गेट, शौचालय निर्माण भैसकेका छन भने विपी, गणेशमान, मनमोहन, पुष्पलालको अर्धकदको शालिक, पिकनिक स्पट, झोलुङगे पुल लगायतका कार्यहरु गरिने पार्क समितिले जनाएको छ । कार्यक्रम मार्फत पार्क निर्माणमा सहयोग पुर्याउने व्यक्त्विलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 
 

peace-park-1691653708.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

थप समाचार