Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

पहिरोमा परि मृत्यु भएका परिवारलाई भेटे मन्त्री श्रेष्ठले

सरकारका तर्फबाट सात लाख सहयोगको प्रतिवद्धता

bhet-1691981091.jpg

२९ साउन, हेटौंडा । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ ककरेका पहिरो प्रभावित परिवारलाई सरकारले ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
पहिरो प्रभावित परिवारलाई आइतबार भेटी बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले केही दिनभित्र बागमती प्रदेश सरकारको तर्फबाट २ लाख र नेपाल सरकारको तर्फबाट ५ लाख गरी ७ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्दता व्यक्त गरेका छन् ।
यही साउन २३ गते बिहान् मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५ सिक्रे दोभानको पहिरोमा अक्कल बहादुर स्याङतानसहित चारजनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता रहेका छन् । 
पहिरोमा परी घरधनी अक्कलबहादुर सहित उनकी श्रीमती शान्तिमाया स्याङ्तान, छोरी शिला पहरी र नातिनी दिव्या पहरीको मृत्यु भएको छ । अक्कलबहादुरका ज्वाई जीवन पहरी र नाति मलिन पहरी अझै बेपत्ता छन् ।
घटनमा परी बागमतीले बगाएका सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर १ का पासाङ घिसिङको भने जीवितै उद्धार गरिएको थियो । उनको उपचार भइरहेको छ । 
मन्त्री श्रेष्ठले पहिरो प्रभावित परिवारलाई भेटी मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका थिए । उनले मृतकको किरिया खर्चका लागी व्यक्तिगत तर्फ १० हजार रुपैयाँ सहयोग समेत गरेका छन् । यस्तै नेपाल रेडक्रस सोसाइटी सिन्धुली र उद्योग बाणिज्य संघ सिन्धुलीको तर्फबाट पनि ४४ हजार बराबरको खाद्यन्न र अन्य सामाग्री सहयोग गरिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

थप समाचार