Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

पेशी पुनःसर्दा अन्यौल बन्यो हेटौंडाको सडक विस्तार कार्य 

htd-bazzar-bistar-1692069194.jpg

३० साउन,हेटौँडा । डिभिजन सडक कार्यालये सूचना निकालेर गर्ने भनेको हेटौंडा–१५ देखि हेटौँडा–१० राप्ती पुल सम्मको विस्तार कार्य फेरि अन्यौल बनेको छ । विस्तार कार्यका लागि सर्वोच्च अदालत सम्बन्धीत पक्षलाई छलफलका लागि बोलाएको साउन २१ गतेको पेशि हिजो २९ गते सरेको र २९ गतेलाई तोकेके पेशी पुनः सरेपछि विस्तार कार्य फेरि अन्यौल बनेको हो ।

सर्वोच्च अदालतले साउन २९ गते सोमबारका लागि तोकेको पेशी हेर्न नभ्याइनेमा परेपछि सवोच्चले आगामी भदौ ५ गतेका लागि अर्को पेशी तोकेको छ । सोमबारको सर्वोच्चको पेशी न्यायाधीस अनिल कुमार सिन्हा र न्यायाधीस कुमार रेग्मीको संयुक्त इजलास नम्बर–३ मा परेको थियो । उक्त इजलाशमा गत असार ३१ मा दर्ता भएको सिता कार्कीसमेत ६ जनाले दायर गरेको सडक डिभिजन कार्यालय हेटौडा मकवानपुर विरुद्धको मुद्धामा उत्प्रेषण मुद्धामा भएको अल्पकालीन अन्तरिम आदेश, साउन ३ मा मनिष श्रेष्ठ, साउन ४ मा प्रमोद श्रेष्ठ, साउन ७ मा विजयलाल जोशी, भीमसेन श्रेष्ठ, साउन १० मा धर्मकृष्ण श्रेष्ठ, उत्तम शर्मा ढकाल, केशव श्रेष्ठ, रिनाकुमारी दास, साउन ११ मा बलदिप कुमार क्षेत्री, जीवन कुमार मानन्धर, नानु जोशी, साउन १२ मा अबिनाश श्रेष्ठ, विरेन्द्र लाल गोर्खाली, भिम कुमारी बर्तौला, साउन १४ मा नविन शाक्य, साउन १५ मा जगतमाया श्रेष्ठ, साउन १७ मा गोविन्द गोर्खालील सर्वोच्चमा सडक डिभिजन कार्यालय हेटौंडा मकवानपुर विरुद्धको उत्प्रेषण रिट दायर गरेका थिए । त्यस्तै साउन ३ मा सीता ढकाल जिल्ला प्रशासन कार्यालय मकवानपुर विरुद्ध दायर गरेको उत्प्रेषण परमादेश सम्बन्धी रिट, साउन ८ मा कृष्ण प्रसाद कडेल, साउन ९ मा ज्योति नकर्मी, साउन ११ मा तिर्थ प्रधान, विजाया कुमारी कटुवाल, साउन १४ मा रिता कुमारी मानन्धर, साउन १६ मा अर्चना शर्मा रिजाल , साउन १७ मा अनिल कुमार कलवारले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय विरुद्ध दयर गरेको उत्प्रेरणा रिट,साउन ९ मा कृष्णगोपाल श्रेष्ठ, रवि लक्ष्मी श्रेष्ठ, साउन ११ मा बासुदेव श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार काठमाडौं विरुद्ध दायर गरेको उत्प्रेषण रिटको पेशी सरेको हो । सर्वोच्चले गत २१ गते तोकीएको सडक विस्तारको उक्त मुद्धाको पेशीमा  सर्वपक्षीय छलफलका लागि उपस्थित हुन आदेश गरेको थियो । गत साउन १६ गतेदेखि सो मुद्धाहरुको पेशी लगातार सर्दै आएको छ । १६ गतेका लागि तोकीएको पेशी २१ गतेका लागि सरेको थियो भने २१ गतेपनि सो रिटहरु हेर्न नभ्याइनेमा परेको थियो । हेर्न नभ्याइनेमा परेको उक्त मुद्धाहरुको २९ गतेका लागि पेशी तोकीएको थियो । सर्वोच्चले २९ गतेका लागि तोकेको पेशीमा पनि छलफल हुन सकेन । हेटौंडाको सडक विस्तार सम्बन्धी रिट सर्वोच्चमा हेर्न नमिल्नेमा परेपछि पुनः भदौ ५ गतेका लागि पेशी तोकिएको हो । यता सर्वोच्चले पेरी सारेपछि हेटौँडाको सडक विस्तार कार्य अन्यौल बनेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार