Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेस मकवानपुरले गर्यो आन्तरिक विशेष अभियानको समापन

Screenshot_20230815_14334-1692089475.jpg

३० साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय परिपत्रअनुसारको आन्तरिक विशेष अभियान २०८० अनुसारको १० दिने अभियानको अन्तिम दिन आज मंगलबार जिल्ला पार्टी कार्यालयमा समापन कार्यक्रम गरेको छ ।

जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षता, कांग्रेस केन्द्रीय सदस्य/मकवानपुर प्रतिनिधि लक्ष्मी खतिवडाको प्रमूख आतिथ्यता एवं बागमती प्रदेश सदस्य/मकवानपुर प्रतिनिधि कैलाश कोइरालाको विशेष आतिथ्यतामा समापन कार्यक्रम भएको हो ।

कार्यक्रममा मकवानपुरको वडा, पालिका, प्रदेश तथा संघीय तहमा यही साउन २० गतेदेखि २९ गतेसम्म खटिएका जिल्ला तथा प्रदेशबाट खटिएका प्रतिनिधिहरुबाट पार्टीको अहिलेको अवस्था र पार्टी सुदृढिकरणको लागि भावी दिनमा गर्नुपर्ने क्रियाकलाप र सुझाव समेटी बनाईएको प्रतिबेदन जिल्ला कमिटि, बागमती प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिलाई बुझाएका थिए ।

केन्द्रीय प्रतिनिधि र बागमती प्रदेश प्रतिनिधिले वडा, गाउँपालिका, क्षेत्रीय र संघीय तहको आन्तरिक विशेष अभियानबाट आएको सुझावसहितको प्रतिवेदन लिएर आफ्नो रायसुझाव र आफूले बुझेको संगठनको अवस्थाबारे प्रतिबेदन तयार पारी केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयमा प्रतिवेदन बुझाउने छन् ।

कार्यक्रममा बागमती प्रदेशबाट खटिएका प्रदेश क्षेत्रीय प्रतिनिधिहरु देवकी गौतम, कृष्णकुमार श्रेष्ठ सिन्धुली, विवशकुमार वाइबा कृष्णकुमार श्रेष्ठ चितवन, पूर्व सभापति रघुरमण न्यौपाने, उपसभापति आनन्द कठायत, सचिवद्वय भीमसेन महत र ईश्वर पाठक, जिल्ला सदस्यहरु, संघीय/प्रदेश सभापतिहरु, जिल्लाबाट वडामा खटिएका प्रतिनिधिहरु, गाउँपालिका/वडा सभापतिलगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार