Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

शिक्षक महासंघ मकवानपुरको शिक्षा विकास तथा समन्वय इकाईमा ३ घण्टा धर्ना

367523978_216599504370226-1692108156.jpg

३० साउन,हेटौँडा । साउन २८ गते मकवानपुरको १० वटा स्थानीय तहको कार्यालयमा धर्ना सहित पालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको शिक्षक महासंघ मकवानपुले मंगलबार आज शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा ३ घण्टा धर्ना दिएको छ । शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा पहिलो चरणको कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिनुका साथै समन्वय इकाई प्रमुख मार्फत शिक्षक महासंघसंग भएको सरकारको ५१ बुँदे र ३० बुँदे सहमतिको छायाँप्रति सरकारलाई पठाइएको छ । 
धर्नापछिको कोणसभामा बोल्दै शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले सरकारले शिक्षकहरुलाई सडकमा आउन बाध्य पारेको बताए । उनले यती गर्दा सम्म मागलाई सुनुवाई नगरे शिक्षकहरुको सिंहदरबारं घेर्न बाध्य हुने चेतावनी दिए । सभालाई सम्बोधन गर्दै  शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेशप्रसाद हुमागाईले जय नेपाल, लाल सलाम र नमस्ते जस्ता सबै शब्दलाई एकै ठाँउमा समेट्नपर्ने समय आएकोले शिक्षकको हक हितका लागि हेस्टेमा हैसै गरेर आन्दोलनलाई निष्र्कषमा पुयाउनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका मकवानपुर अध्यक्ष वसन्त राई, अखिल नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष कृष्णबहादुर बिष्ट,हिष्टुन बागमती प्रदेश अध्यक्ष रामशरण पौडेल, राहत शिक्षक समिति मकवानपुर अध्यक्ष जीवन तिमल्सिना लगायतकाले अहिले आन्दोलन र सरकारको बलमिचाहिको बारेमा मन्तब्य ब्यक्त गरेका थिए ।
धर्ना कार्यक्रममा प्रगतिशील नेराशि संगठन केन्द्रीय सचिव पुरुषोत्तम पौडेल, एकीकृत अनेशि संगठन प्रदेश अर्थ उपमहासचिव खेमराज लामिछाने, शिक्षक संघ वागमति प्रदेश सदस्य ज्ञानेन्द्र बर्तौला, नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश सदस्य सुनिल गौतम, महासंघ मकवानपुरका सचिव
राजु गौतम लगायतको उपस्थिति रहेको थियो । 
शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकालको नेतृत्वमा भएको आन्दोलनमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतमलाई शिक्षक महासंघसंग भएको सरकारको ५१ बुँदे र ३० बुँदे सहमतिको छायाँप्रति बुझाइएको शिक्षक संघ मकवानपुरका सचिव श्रीराम लुईटेलले बताए ।प्रथम चरणकै अन्तिम कार्यक्रम अन्र्तगत साउन ३२ गते प्रदेशस्तरीय महासंघका पदाधिकारी तथा प्रतिनिधिसहित सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयमा सोही छायाँप्रति बुझाउँदै धर्ना दिने कार्यक्रा रहेको बताइएको छ ।  महासंघले भाद्र १ गते संघीय संसद तथा केन्द्र सरकार एवम् शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पक्षीकरण र विरोधबारे जानकारी दिने कार्यक्रम तय गरेको बताएको छ । कार्यक्रममा मकवानपुरका १० वटै स्थानीय तहका सामुदायीक विद्यालय कार्यरत शिक्षकहरुको ठुलो संख्यामा सहभागिता रहेको थियो । 

367501080_813116570311713-1692108157.jpg
367517167_800430281863717-1692108189.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

थप समाचार