Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

आज श्रावण शुक्ल पञ्चमीः नागपञ्चमी पर्व मनाइँदै

Capture-1692579407.JPG

४ भदौ, हेटौंडा । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।
यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।
बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । 
नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो ।
प्रथम पूजाको अधिकार पाएका भगवान् श्री गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ ।
दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।
पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । 
आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।
वैज्ञानिकरुपमा प्रकृतिमा भएका बिषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

थप समाचार