Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको विजयी शुरुवात

Womens-Cricket-Nepal-1692695865.jpg

फाइल तस्बिर

५ भदौ, काठमाडौं । चार देश सहभागी भएको महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
प्रतियोगिताका लागि मलेसिया पुगेको नेपालले बायोमास ओभलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। जहाँ नेपालविरुद्ध पहिले ब्याटिङ गरेको हङकङ १९.१ ओभरमा अलआउट हुँदै ८४ रन बनायो ।
८५ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य १५.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। नेपालका लागि सम्झना कुमारी खड्काले सर्वाधिक ३६ रनको नटआउट इनिङ खेल्दा ओपनर तथा अलराउन्डर पूजा महतोले १६ रन बनाइन्।
त्यस्तै, रविना क्षेत्री १० रनमा आउट हुँदा सीता रानामगर ३ रनमा अविजिति फर्किइन्। त्यस्तै, इन्दु वर्माले ९ रन बनाएकी थिइन्। विन्दु रावल भने शून्य रनमा आउट भइन्। हङकङका लागि इक्रा सहार, मारिको अओटा, विवी मर्याम र का यङ्ग छनले समान १-१ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको हङकङका लागि यिङ चनले सर्वाधिक ३४ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा सिङ यन दोरोथिए छनले १६ रन बनाइन्। उसका अन्य कुनै पनि ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
नेपालका लागि सिता राना मगरले सर्वाधिक ५ विकेट लिँदा इन्दु वर्माले २ र कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले समान १-१ विकेट लिए। आईसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित टी-२० सिरिज भइरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार