Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वक्तृत्वकलामा रिमा बिष्ट प्रथम

ff-1692840624.jpg

७ भदौ, हेटौंडा । लागूऔषध दुव्र्यसन नियन्त्रणमा सचेत विद्यार्थीको भूमिका बिषयक वक्तृत्वकलामा रिमा बिष्ट प्रथम भएकी छिन् । हेटौंडा जेसीजले हेटौंडा वडा नम्बर ९ मा रहेको प्रगति माविमा आयोजना गरेको वक्तृत्वकला कार्यक्रममा विष्ट प्रथम भएकी हुन् ।
प्रतियोगितामा सहभागी अन्य १० प्रतिस्पर्धीलाई उछिन्दै विष्ट प्रथम हुँदा लिटिलराज पौडेल द्वितीय र प्रकृति दाहाल तृत्तीय भएका छन् । प्रतियोगितामा ११ विद्यार्थीको सहभागिता रहेको थियो । 
हेटौंडा जेसीजका अध्यक्ष श्रवणकुमार बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका नेता एवम् संविधानसभा सदस्य अनन्त पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले पछिल्लो समय लागूऔषध दुव्र्यसन चिन्ताको बिषय बनेको बताए । उनले मकवानपुरमा लागूऔषधको प्रयोग, उत्पादन र ओसारपसार डरलाग्दोसँग विकास भैरहेको भन्दै चिन्ता व्यक्त गरे । ६० प्रतिशत अपराधका घटना लागूऔषधकै कारण हुने गरेको भन्दै उनले लागूऔषध नियन्त्रणमा सबै एक भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुली, हेटौंडा जेसीजका पूर्व अध्यक्ष कविन सांगामी र दीपकराज मिश्र, चैनपुर जेसीज प्रस्तावितका अध्यक्ष गणेशदर्पण अधिकारी, सिआन पुनस्र्थापना केन्द्रका सञ्चालक सौजन डिसी, हेटौंडा जेसीजका कार्यकारिणी उपाध्यक्ष अमृत बर्तौलालगायतले लागूऔषध दुव्र्यसनको बिषयमा चिन्ता व्यक्त गर्दै नियन्त्रण अभियान नै सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा कवि स्वस्तिका वानियाँको लागूऔषध सम्बन्धि कविता वाचन गरेकी थिइन् । 
कार्यक्रममा हेटौंडा जेसीजका पूर्व अध्यक्ष कुशकुमार रिजाल, कृष्णबहादुर कार्की लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिताको विजयीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । कार्यक्रममा हेटौंडा जेसीजका पूर्व अध्यक्ष कुशकुमार रिजाल र दीपकराज मिश्र, साहित्यकार अनिता न्यौपाने तथा विद्यालयका सहप्रधानाध्यापक माधवप्रसाद गौतमले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार