Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

चुरियामाई बस दुर्घटनाः मृतक सबैको सनाखत, प्रजिअ र एसपीको टोली अस्पतालमा 

367985550_681459163857318-1692849686.jpg

फोटोःपत्रकार प्रतिक्षा न्यौपाने

७ भदौ, हेटौंडा । बिहिबार बिहान पुर्व पश्चिम लोकमार्ग अन्र्तगत मकवानपुर र बाराको सिमाना पर्ने बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थ यात्री बोकेको बस दुर्घटनामा मृत्यु भएका ७ जनाको शनाखत भएको छ भने घाइते सबैको परिचय खुलेको छ । 
बस दुर्घटनामा मृत्यु हुनेमा ६ भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् । मृतक चार महिला र तीन पुरूषको सनाखत भएको छैन । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको हेटौंडा–११ मा रहेको चुरेहिल अस्पताल र बाँकी १७ को हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बिहिबार  बिहान दुर्घटना भएको हो । बस चुरियामाई मन्दिर नजिक ओरालेको खोलामा खसेको थियो । दुर्घटनापछि फरार रहेका चालक सहित ३ जनालाई धनुषाबाट प्रहरीले पक्राउ गरिसकेको छ । 
दुर्घटनामा मृत्यु हुनेहरूमा भारत राजस्थान बस्ने वर्ष ६७ का बहादुर सिंह, सोही स्थान बस्ने वर्ष ६० की सत्यवती, वर्ष ७० को राजेन्द्र चतुरबेदी, वर्ष ६५ की श्रीकान्त चतुरबेदी, वर्ष ६७ की बैजन्ती देवी, वर्ष ६५ की मिरा देवी, महोत्तरी लोहारपटी–५ बस्ने वर्ष ४१ को विजय लाल रहेका छन् । 
घाइते हुनेमा भारत राजस्थान बस्ने वर्ष ४८ को घनश्याम चतुरबेदी, वर्ष ५३ की माया देवी, वर्ष ३५ को अनिल कुमार, वर्ष ५० को तारा वती चतुरबेदी, वर्ष ९ की क्रितिका चतुरबेदी, वर्ष ४८ को श्याम लाल माली, वर्ष ४७ को हरवारी माली, वर्ष ७० की चौथी देवी, वर्ष ७२ को सुरेस चन्द्र चक्रवती, वर्ष ६३ को धरम सिंह, वर्ष ६० की ईन्दु धाकद, वर्ष १६ की गर्बिदा चतुरबेदी, वर्ष ५४ को राम कुमार चतुरबेदी, वर्ष ७३ को राम प्रसाद पि, महोत्तरी लोहारपति–५ बस्ने वर्ष २६ को जसबेन्दर पासवान, नेपालको धनुषा मौवा गाउँपालिका–१८ जनकपुर बस्ने वर्ष ४१ को घुरन मण्डल, महोत्तरी जलेश्वर नगरपालिका बस्ने वर्ष ३८ को बिहारी मुखिया रहेका छन् ।
घाइतेको अवस्था बुझ्न बाराका प्रजिअ नवराज सापकोटा, मकवानपुरका प्रजिअ सूर्य प्रसाद सेढाई, मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजाल, बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीसहितको टोली घाइतेको उपचार भइरहेको चुरेहिल र हेटौँडा अस्पताल पुगेका छन् । घाइतेहरुको उपचारमा कुनै कमी नगर्न अस्पताल प्रशासनलाई आग्रह गरेको मकवानपुरका प्रजिअ सूर्य प्रसाद सेढाईले बताए ।

dpo-bara-phot-1692849686.png

फोटोःजिल्ला प्रहरी कार्यालय बारा


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

थप समाचार