Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

पर्यटन प्रवर्द्धनका लागि मकवानपुरको थाहानगरमा फिल्म महोत्सब हुने 

371950956_328172969646305-1693048420.jpg

९ भदौँ, हेटौँडा । पर्यटन प्रवद्र्धनका लागि मकवानपुरको थाहानगरमा फिल्म महोत्सब हुने भएको छ ।  थाहा कला केन्द्रको आयोजनामा मकवानपरको पर्यटकीय क्षेञ थाहा नगरपालिकामा थाहा फिल्म महोत्सब आयोजना हुने भएको हो । शनिबार आयोजकले हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस बारे जानकारी दिएको हो । पर्यटन प्रवद्र्धन गर्नका लागि आगामी मंसीर ९ देखी १५ गते सम्म एक हप्ता फिल्म महोत्सबको आयोजना गर्न लागेको कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले पत्रकार सम्मेलनमा बताए । जोशिले पत्रकार सम्मेलनमा थाहा कला केन्द्रको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा आयोजना हुने महोत्सवमा शन्देशमुलक चलचित्रहरु प्रर्दशन तथा थाहा नगरपालिका क्षेत्रमा पर्ने पर्यटन क्षेत्रहरुका बारेमा जानकारी गराउने कुरा बताएका छन् । 

त्यसैगरी थाहा कलाकेन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले पत्रकार सम्मेलनमा महोत्सवमा नेपालका चर्चीत कलाकार निर्माता निर्देशकहरुको सहभागिता रहने र थाहानगरको पर्यटन प्रवद्र्धन हुने खालका तस्वीरहरु कार्यक्रम स्थलमा राखी अवलोकन गराउने,थाहा नगरका पर्यटन स्थलहरुका बारेमा छलफल अन्तरकृया गरी थाहा नगरलाई चलचित्रको छाँयाकन हब बनाउने मुख्य उदेश्य रहेको बताए ।पत्रकार सम्मेलनमा थाहा नगरपालिका ३ नम्बर वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले जनप्रतिनिधि सहित सबै पक्षको चाहना अनुसार थाहा नगरलाई चलचित्र निमार्णको रुपमा आकषर्ण गर्न र आन्तरीक पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने भएकोले थाहा कला केन्द्रको अग्रसरतामा मोहत्सव आयोजन गर्न लागिएको बताए । बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालको समेत आर्थिक सहयोग रहने महोत्सब आयोजन गर्न करीब ३० लाख खर्च लाग्ने अनुमान गरीएको आयोजकले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार