Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

पर्यटन प्रवर्द्धनका लागि मकवानपुरको थाहानगरमा फिल्म महोत्सब हुने 

371950956_328172969646305-1693048420.jpg

९ भदौँ, हेटौँडा । पर्यटन प्रवद्र्धनका लागि मकवानपुरको थाहानगरमा फिल्म महोत्सब हुने भएको छ ।  थाहा कला केन्द्रको आयोजनामा मकवानपरको पर्यटकीय क्षेञ थाहा नगरपालिकामा थाहा फिल्म महोत्सब आयोजना हुने भएको हो । शनिबार आयोजकले हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस बारे जानकारी दिएको हो । पर्यटन प्रवद्र्धन गर्नका लागि आगामी मंसीर ९ देखी १५ गते सम्म एक हप्ता फिल्म महोत्सबको आयोजना गर्न लागेको कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले पत्रकार सम्मेलनमा बताए । जोशिले पत्रकार सम्मेलनमा थाहा कला केन्द्रको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा आयोजना हुने महोत्सवमा शन्देशमुलक चलचित्रहरु प्रर्दशन तथा थाहा नगरपालिका क्षेत्रमा पर्ने पर्यटन क्षेत्रहरुका बारेमा जानकारी गराउने कुरा बताएका छन् । 

त्यसैगरी थाहा कलाकेन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले पत्रकार सम्मेलनमा महोत्सवमा नेपालका चर्चीत कलाकार निर्माता निर्देशकहरुको सहभागिता रहने र थाहानगरको पर्यटन प्रवद्र्धन हुने खालका तस्वीरहरु कार्यक्रम स्थलमा राखी अवलोकन गराउने,थाहा नगरका पर्यटन स्थलहरुका बारेमा छलफल अन्तरकृया गरी थाहा नगरलाई चलचित्रको छाँयाकन हब बनाउने मुख्य उदेश्य रहेको बताए ।पत्रकार सम्मेलनमा थाहा नगरपालिका ३ नम्बर वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले जनप्रतिनिधि सहित सबै पक्षको चाहना अनुसार थाहा नगरलाई चलचित्र निमार्णको रुपमा आकषर्ण गर्न र आन्तरीक पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने भएकोले थाहा कला केन्द्रको अग्रसरतामा मोहत्सव आयोजन गर्न लागिएको बताए । बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालको समेत आर्थिक सहयोग रहने महोत्सब आयोजन गर्न करीब ३० लाख खर्च लाग्ने अनुमान गरीएको आयोजकले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

थप समाचार