९ भदौं, हेटौडा । हेटौडा–६, शान्तिटोलमा रहेको शान्तिटोल विकास संस्थाको २४ औं वार्षिक साधारणभा शनिवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष केशव धितालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष केशव धितालले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै धितालले संस्थालाई नगरको उत्कृष्ठ टोल विकास संस्था बनाईने बताए ।
उनले यस आर्थिक बर्षमा संस्थाले बाल क्लव, ज्येष्ठ नागरिक र महिला उपसमूह बनाईने, बचत तथा ऋण कार्यक्रमलाई प्रभावकारी बनाईने, सरसफाई, विद्युतीकरण, स्थानीय क्षेत्रको मठ, मन्दिर, पार्कलाई ब्यवस्थित गरिने, सडकको दायाँबायाँ वृक्षारोपण, विभिन्न क्षेत्रका उत्कृष्ठ ब्यक्तिहरुलाई सम्मान गरिने . बताए । साधारणसभाको बन्दसत्रले पुनः केशव धितालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अप्सरा क्षेत्री, सचिवमा प्रदीप ढुङगाना, सहसचिवमा मिलन सापकोटा र कोषाध्यक्षमा पूर्णभद्र चौलागाई सर्वसम्मत चयन भएका छन । यसैगरि सदस्यहरुमा श्रीदेवी दुलाल, अम्विका बत्तौैला, कोपिला सापकोटा,केशव सापकोटा, यादव सापकोटा र सन्देश सापकोटा चयन भएका छन ।
त्यसैगरी बचत तथा ऋण उपसमितिको संयोजकमा पूर्णभद्र चौलागाई, सदस्यहरुमा अप्सरा सापकोटा, हेमाकुमारी तिमल्सिना,सुमित्रा दुलाल, अमिता लामिछाने, अनिसा श्रेष्ठ र पदेन सदस्यमा संस्थाका अध्यक्ष रहेका छन । भेलाले तिर्थ खड्का संयोजक रहने गरी ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । समितिको सदस्यमा रिता अधिकारी र यसोदा भट्टराई रहेका छन् ।
साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पौडल, लेखराज ढकाल, संस्थाका पूर्व अध्यक्ष बासुदेव सापकोटा, तेजनाथ ढकाल, नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणीराज गौतम, बागमती प्रदेश पार्षद सुनिल शिवाकोटी, नेपाल चलचित्र पत्रकार संघ, मकवानपुर अध्यक्ष कपिल खड्का, बामगती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णुुप्रसाद ढुङगाना, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष बासुदेव खतिवडा, सचिव राजकुमार फुयाँल, नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला,संस्थाका सचिव भरत सापकोटा, प्रहरी चौकी चौघडाका ईन्चार्ज विष्णुप्रसाद दाहाल लगायतको आतिथ्यता थियो । संस्थाको आफनै सुुविधा सम्पन्न २ तल्ले भवन रहेको छ भने पुस्तकालय, कम्युप्टर, ईन्टरनेट, मन्दिर लगायतका सुविधा रहेको यस टोल विकास संस्थामा १ सय २० घरधुरी आवद्ध रहेका छन ।
२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे हेटाैडा स्वास्थ्य चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...
२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...
२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...
२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...
२० बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...
२० बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...
२० बैशाख, हेटौंडा । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...
१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...