Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रिद्धिसिद्धि ‘स्मार्ट स्टुडेन्ट अफ द इएर’का उत्कृष्ट इशान्त सहित ११ जना पुरस्कृत

hhh-1693055897.jpg

९ भदौ, हेटौँडा । रिद्धिसिद्धि सिमेन्टलको आयोजनामा भएको ‘स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’ का उत्कृष्ट विधार्थीहरुलाई शनिवार एक कार्यक्रमको आयोजना गरी पुरस्कृत एवं सम्मानित गरेको छ ।
उद्योग परिसरमा आयोजना गरिएको कार्यक्रममा उद्योगको छात्रवृत्ति कार्यक्रम अन्तर्गत यहि साउन २७ गते सम्पन्न परीक्षाबाट उत्कृष्ट हुन सफल ११ जना विद्यार्थीहरुलाई पुरस्कृत एवं सम्मान गरिएको हो । यस्तै कार्यक्रममा उत्कृष्ट विद्यार्थी सँगै उनीहरुले एसईई उतिर्ण गरेको विद्यालयलाई सम्मेत सम्मान गरिएको छ । 
रोबोटिक ल्याबमा बनेको स्मार्ट छात्रवृत्ति कार्यक्रमअन्तर्गत हेटौंडा २ मा रहेको ज्ञानोदय बाल बाटिका एकेडेमीका इशान्त कुमार मिश्र प्रथम भएका थिए । उनले पुरस्कार स्वरुप छात्रावृत्तिका लागी प्रत्येक महिना ५ हजारका दरले १२ महिनामा ६० हजार रुपैयाँ पाएका छन् ।
यस्तै द्वितिय भएका श्री आधुनीक राष्ट्रिय माविकी अंशु कुमारी र त्रितिय भएका बालजागृती इङ्गलिस स्कुलका रिजन कठायतले क्रमशः मासिक पाँच हजार, ३५ सय र २५ सय तथा सान्त्वना भएका थप आठजना विद्यार्थीले मासिक १५ सय रुपैयाँका दरले छात्राबृत्ति पाउँने भएका छन् ।
उद्योगका प्लान्ट डिभिजन प्रमुख रेवतीराम ढकाल र जेनरल म्यानेजर कैलाश कुमार चौहानले उत्कृष्ट विद्यार्थी र विद्यालयका प्रतिनिधिहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । उक्त अवसरमा प्लान्ट डिभिजन प्रमुख ढकालले अहिले उत्कृष्ट भएका ११ जना बिद्यार्थीहरुमध्येबाट कक्षा १२ को परीक्षमा गरेको प्रदर्शनको आधारमा उत्कृष्ट जिपिए ल्याउँने एकजनालाई ल्यापटप प्रदान गरिने घोषणा पनि गरे ।
पुरस्कार वितरण कार्यक्रममा उद्योगका तर्फबाट गुरुप्रसाद घिमिरे, होमनाथ लामिछाने, रामप्रसाद अधिकारी, सुजन श्रेष्ठ, श्री आधुनीक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईँ, ज्ञानोदय बालबाटिका एकेडेमीका सञ्चालक संजय सुवेदी लगाएत पुरस्कृत विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।
एक सय नौ विद्यार्थी सहभागी भएको रोबोटिक ल्याबमा बनेको छात्रवृत्ति कार्यक्रममा एसइई परीक्षामा उपलब्ध अंक, दौड प्रतियोगिता साथै आइक्यु परीक्षामा सोधिएका सम्पूर्ण अंक जोडेर छात्रवृत्तिका लागि उत्कृष्ट ११ स्मार्ट विद्यार्थी छनोट गरिएको थियो ।


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार