Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

काठमाडौँबाट चोरी गर्न हेटौँडामा, मकवानपुर प्रहरीद्धारा ४ जना सार्वजनिक

370328676_144545209630214-1693143996.jpg

चोरीका गरगहना सहित पक्राउ परेकाहरु

१० भदौँ,हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट विभिन्न समयमा सुनका गरगहना तथा नगद चोरी गर्ने चारजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । मकवानपुर प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दे काठमाडौँबाट हेटौँडा आएर नगरमा सुनका गरगहना तथा नगद चोरी गर्ने चारजनालाई सार्वजनिक गरेको हो । 
प्रहरीले चोरीको आरोपमा सिन्धुपाल्चोकका  पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा ७ बस्ने २८ वर्षका  भीमलाल लामा, सोही स्थान बस्ने २८ वर्षका  प्रदीप तामाङ र २९ वर्षका  आकाश तामाङ रहेका छन् भने चोरीको सुन खरिद गर्ने सोही ठाउँका हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थितमा रितु सुन पसल सञ्चालन गर्ने ३९ वर्षका राजेन्द्र रसाइलीलाई सार्वजनिक गरेको हो । 
पत्रकार सम्मेलनमा बोल्दै मकवानपुरका एसपी सिताराम रिजालले ४ जनाको समुह २ वटा मोटरसाईकलमा २९ गते काठमाडौबाट हेटौडा आएको दिउँसोको समयमा बन्द रहेको घरहरु हेरेको सोही दिन राती हेटौडा बसपार्कको होटलमा बसेको, ३० गते ११ बजेको समयमा हेटौंडा ९ स्थित सुशिला साउदको घर फोडेर चोरी गरेको  र चोरी पश्चात पथलैया बर्दिवास हुदै ३१ गते काठमाडौं पुगेको अनुसन्धानमा खुलेको बताए ।
घटनाको सुचना आएलगतै मकवानपुरको प्रहरी टिम अनुसन्धनमा जुटेको र एकसाता लामो प्रयास पछि प्रमाण फेला पारेर पक्राउ गरेको एसपी रिजालले जनाए । 
पत्रकार सम्मेलनमा उनले श्रावण ३० गते हेटौंडा ९ स्थित सुशिला साउदको घरबाट अज्ञात समुहले नगद तीस हजार, सुनको सिक्री डेढ तोलाको एक थान, सुनको बाला १ तोलाको १ थान, सुनको चन्द्र हार १ तोलाको १ थान, सुनको टप ४ आनाको १ जोडी, सुनको मुन्द्रा आनाको १ जोडी र घडी एक थान समेत गरी पाँच लाख ३२ हजार बराबरको सुनको गरगहना, नगद रकम चोरी भएको सुचना मकवानपुर प्रहरीलाई प्राप्त भएको बताए । प्रहरीले उनीहरुलाई चोरी गरगहना र गरेको सुन खरिद गर्ने समेतलाई पक्राउ गरेको र  घटनामा संलग्न अर्काे एकजनाको खोजी कार्य भइरहेको जनाइएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
df-1714522678.jpg

१९ बैशाख, हेटौंडा । आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।...

डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो
Petrol-Pump-1714493693.jpg

१८ बैशाख, हेटौंडा। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ । निगमले...

कतारबाट आएका युवकलाई बन्धक बनाउने दुई जना पक्राउ
pakrau-2-1714478032.jpg

१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।...

कोशीका मूख्यमन्त्रीद्वारा सरकार फेरबदल नहुने भन्दै प्रदेश प्रमुखलाई पत्र
kedar-karki-main-16972683-1714477549.jpg

१८ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्तावबाट सरकारको फेरबदल नहुने भन्दै...

कर्णालीका नवनियुक्त ६ मन्त्रीहरूले लिए शपथ
Karnali-sapath-1714477211.jpg

१८ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरूले शपथ लिएका छन् । माओवादी केन्द्रका तर्फबाट...

डढेलो निभाउने क्रममा एक जनाको मृत्यु
1618149084_dadhelo-1200x5-1714476619.jpg

१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...

इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

थप समाचार