Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

स्क्रयावल राष्ट्रिय प्रतियोगिताको लागि मकवानपुरबाट ५ जना छनौट

Capture-1693796325.JPG

१८ भदौ, हेटौंडा । स्क्रयावल क्लव पोखराको आयोजना तथा स्क्रयावल क्लव मकवानपुरको संयोजनमा भएको तेस्रो जिल्ला स्तरीय स्क्रयावल प्रतियोगिता आइतबार हेटौंडामा भएको छ । हेटौंडाको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा भएको जिल्ला स्तरीय स्क्रयाबल प्रतियोगितामा मकवानपुरका ५ जना विद्यार्थी राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएका छन् । 
छनौट हुनेमा बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयका प्रशिद्ध तिमल्सिना र आरुष राजथला, युनाइटेड इङ्लिस बोर्डिङ स्कूल मनहरीका प्रकृति सेढाई, वंशगोपाल माध्यमिक विद्यालयका गौरभ श्रेष्ठ र नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका चिराग डंगोल रहेका छन् । बालजागृति विद्यालयका तिमल्सिना गत वर्ष बङ्गलादेशमा भएको अन्तराष्ट्रिय प्रतियोगितामा मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै स्क्रयाबल प्रतियोगितामा सहभागीता जनाएका थिए ।  
जिल्लाबाट छनौट भएका विद्यार्थीहरुले कार्तिक १५ गते सिमरामा हुने राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । स्क्रयाबल क्लव मकवानपुरका संयोजक विवश जंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका रिमालले अबको शिक्षा गतिविधि र अनुसन्धानमा आधारित सिकाइमा केन्द्रीत हुनुपर्नेमा जोड दिएका थिए ।
तेस्रो जिल्ला स्तरीय प्रतियोगितामा मकवानपुरका ९ वटा विद्यालयले सहभागीता जनाएका थिए । जसमा २ वटा सामूदायिक विद्यालय र ७ वटा संस्थागत विद्यालय रहेका थिए । प्रतियोगितामा स्क्रयाबल क्लव पोखराका सदस्य अर्जुन पाण्डे, नवोदय शिशु सदन विद्यालयका योजना तथा तालिम निर्देशक अव्यक्त खनाललगायतको आतिथ्यता रहेको थियो ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार