Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राजदेवी सहकारीको भेला तथा वार्षिकोत्सव सम्पन्न 

dfaa-1693962065.jpg

२० भदौ, हेटौंडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभासम्पन्न भएको छ । 
संस्थाकी ज्येष्ठ शेयर सदस्य नन्दकुमारी चौरेलको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष मधुसुदन न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा सञ्चारकर्मी सहित १० जनालाई सम्मानित गरिएको थियो । 
सभामा सञ्चारकर्मी भीमसेन पौडेल, राजदेवी माविका पूर्व प्रअ. सानुकाजी पाण्डे, अपाङग शेयर सदस्य अर्जुनप्रसाद घिमिरे, सुरेन्द्र बहादुर कार्की, बाल सदस्य सिद्धार्थ अर्याललाई सम्मान गरिएको थियो । 
यसैगरी नियमिति बचतकर्ता ईन्द्र प्रसाद घिमिरे, असली कारोवारी राम प्रसाद चौलागाई, रामबहादुर मानन्धर, खुत्रुक बचतमा बढी रकम जम्मा गर्ने शशांक श्रेष्ठ र संस्कृति धमलालाई समेत सम्मानित गरिएको थियो । 
साधारणसभामा संस्थाका अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, सचिव श्यामलाल श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद पराजुलीले आर्थिक प्रतिवेदन र लेखा संयोजक रमेश कुमार पराजुलीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । 
साधारणसभामा हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्याल, राजदेवी दुग्ध उत्पादक सहकारीका अध्यक्ष राम प्रसाद तिमल्सिना, नमुना प्रगति सहकारीका ब्यवस्थापक बद्री भण्डारी, अशोक सामुदायिक वनका अध्यक्ष रमेश राई, राजदेवी मावि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष डेकराज धमला, सञ्चारकर्मी भीमसेन पौडेल, स्थानीय समाजसेवी कृष्णप्रसाद नेपाल, संस्था उपाध्यक्ष रामप्रसाद भट्ट  लगायतको आतिथ्यता रहेको थियो । 
संस्थाले वार्षिकोत्सवको अवसरमा हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफूल तथा खाद्यान्न वितरण गरेको सचिव श्यामलाल श्रेष्ठले बताए । वृद्धाश्रममा ६ जना वृद्धवृद्धाहरु रहेका छन । संस्थाको शेयर पूँजी ६१ लाख ३० हजार निक्षेप ३ करोड ७७ लाख, ऋण लगानी ३ करोड ९५ लाख रहेको यस सहकारी संस्थामा ६ सय १३ जना शेयर सदस्य रहेको ब्यवस्थापक हेम बहादुर कुँवरले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार