Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

माओवादीको समानुपातिकबाट को-को बन्दैछन् सांसद ? (नामसहित)

Moist-1513940099.png

७ पुस, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ क्षेत्रमा जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १७ सिट जित्ने भएको छ । प्रत्यक्षमा दोस्रो दल बने पनि समानुपातिकमा भने माओवादीले कम भोट पाएका कारण प्रतिनिधसभामा ५३ सिटसहित तेस्रो ठूला दल बनेको छ । एक सय २१ सिट जितेर एमाले पहिलो दल बनेको छ भने ६३ सिट जितेर नेपाली कांग्रेस दोस्रो ठूलो दल भएको छ । 

माओवादीले केन्द्रले समानुपातिकबाट पाएको १७ मध्ये कम्तिमा १५ सिट महिलाका लागि छुट्याउनु पर्ने भएको छ । दलले जितेको कम्तिमा एक तिहाई महिला हुनुपर्ने संवैधानिक प्रावधानका कारण माओवादीका ५३ जना सांसद मध्ये न्युनतम १८ जना महिला हुनैपर्छ । प्रत्यक्षतर्फबाट ३ जना महिलाले जितेकाले अब माओवादीले समानुपातिकको १७ जनामध्ये १५ जना महिला पठाउनुपर्छ । माओवादीका पम्फा भुसालले ललितपुर–१, बिना मगरले कञ्चनपुर–१ र कमला रोकाले रुकुम पूर्वबाट चुनाव जित्नुभएको छ ।

बन्द सूचिको क्रमसंख्या र क्लस्टरलाई दिएको प्रतिशत तलमाथि नहुने गरी सांसद छनौट गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता नवराव ढकाल बताउनुहुन्छ । जसअनुसार माओवादीले बुझाएको बन्द सूचिमा रहेका को–को बन्दै छन् त सांसद ?

दुई पुरुष : हितराज पाण्डे पक्का

माओवादीले समानुपातिकबाट निर्वाचित गर्न पाउने दुई पुरुषमा सातवटा क्लस्टरको पहिलो नम्बरमा रहेकामध्येबाट छनौट गर्नुपर्छ । जसमा खसआर्य कोटाको पहिलो नम्बरमा हितराज पाण्डे, आदिवासी जनजातीको पहिलो नम्बरमा सुनिलकुमार मानन्धर, दलित कोटाको पहिलो नम्बरमा तिलक परियार, थारु क्लस्टरको पहिलो नम्बरमा रामजी चौधरी, मधेसी कोटाको पहिलो नम्बरमा जोगकुमार बरबरिया र मुस्लिम कोटाको पहिलो नम्बरमा हकी कुल्लाह मुसलमान रहेका छन् ।

माओवादी स्रोतका दुई पुरुषमध्ये एक हितराज पाण्डे सांसद बन्ने निश्चित छ भने अर्को एक जना बाँकी ६ जना मध्येबाट कसलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको छ । 

१५ महिला

माओवादीले समानुपातिकबाट छनौट गर्ने १५ जना महिलामध्ये खस आर्य कोटाबाट ५ जना निर्वाचित गर्नुपर्छ । आयोगमा बुझाइएको बन्द सूचीअनुसार यो कोटाबाट रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल सांसद बन्नुहुनुेछ । 

त्यस्तै आदिवासी जनजाती क्लस्टरबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्तीमगर र यशोदा गुरुङ सांसद बन्ने निश्चित जस्तै छ । ओनसरी घर्तीमगर निवर्तमान सभामुख हुनुहुन्छ ।

त्यस्तै माओवादीले दलित कोटाबाट दुईजना महिलालाई सांसद बनाउन पाउने भएको छ । जसले गर्दा बन्द सूचिको पहिलो नम्बरमा रहेकी अञ्जना विशखे र दोस्रो नम्बरमा रहेकी दुर्गा विकले सांसद बन्ने अवसर पाउनुभएको छ । मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनौट हुनेछन् ।

माओवादीले थारु वा मुस्लिम कोटामध्ये एउटा बाट मात्र सांसद निर्वाचित गर्न पाउने भएको छ । दुई कोटाबाट एक÷एक जना निर्वाचित गर्दा जम्मा संख्या भन्दा पनि धेरै हुने भएकाले निर्वाचन आयोगले यस्तो अवस्थामा थारु वा मुस्लिममध्ये एउटा कोटाबाट मात्र एक जना छनोट गर्न पाउने भएको हो ।

यस्तो अवस्थामा थारु कोटाको पहिलो नम्बरमा रहनुभएकी रामकुमारी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचिकी चाँदतारा कुमारी सांसद बन्नुहुनेछ । त्यस्तै माओवादीको पीछडिएको क्षेत्रबाट बन्द सूचिभित्रैबाट एकजना महिलालाई छनौट गर्नुपर्छ । (साभार : उज्यालो अनलाईन)

यो पनि पढ्नुस् ।

एमालेमा समानुपातिकबाट को–को छानिँदैछन् ? (नामसहित)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg