Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

समाजवादी मोर्चाको सन्देश सभा सम्पन्न

IMG_20230910_211823-1694360025.jpg

२४ भदौ, हेटौंडा । माओबादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु राम्रो काम गरेर देखाउन प्रधानमन्त्री भएको बताएका छन् । 
उनले प्रधानमन्त्रीका रूपमा आफ्नो तेस्रो कार्यकाललाई अवसरका रुपमा लिएको उल्लेख गर्दै जति समयसम्म प्रधानमन्त्री भइन्छ त्यतीन्जेलसम्म राम्रो काम गर्ने बताए ।
आइतबार हेटौँडामा चार दल सम्मिलित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले देशमा व्याप्त रहेको भ्रष्टाचार, बेथिती र कुशासनका विरुद्ध संचालन गरेको अभियान नरोकिने बताए ।
 केहि व्यक्तिलाई आफ्नो सरकारले चालेको सुशासनको अभियान मन नपरेको उनले दावी पनि गरे । कुशासनबाट फाइँदा लिइरहेकाहरू सुरुदेखि नै अभियानबाट आत्तिएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
उनले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न कै लागी आफुहरुले समाजवादी मोर्चा बनाएको पनि बताए । उनले मोर्चाको कार्यक्रम अहिले कोठामा गरेको देखिएपनि आवस्यकता परे प्राप्त उपलब्धिको रक्षाको लागी लाखौ जनतालाई सडकमा उतार्न तयार रहेको चेतावनी पनि दिए ।

मोर्चामा आवद्ध हुन कम्युनिष्ट पार्टीहरुलाई माधव नेपालको आव्हान
एकीकृत समाजवादी नेपालका अध्यक्ष माधव कुमार नेपालले विभाजीत रहेका कम्युनिष्ट पार्टीहरुलाई मोर्चामा आवद्ध हुन आग्रह गरेका छन् । नेता नेपालले विचार र व्यवहार मिल्ने कम्युनिष्ट पार्टीहरुलाई मोर्चामा आवद्ध हुन आग्रह गरेका हुन् । 
उनले मोर्चाले परिवर्तनको पक्षमा काम गर्ने दावी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार त्यसको उदाहरण रहेको दावी गरे । नेता नेपालले जनयुद्धको नेतृत्व गरेर आएका पुष्पकमल दाहल प्रचण्डको नेतृत्वमा रहेको मोर्चामा गोलबद्ध भएर जनताको परिवर्तनको चाहाना पुरा गर्न कम्युनिष्टहरु एक हुनपर्नेमा जोड दिए ।
नेता नेपालले अहिले सरकारको नेतृत्व जनताको एउटा सफल योद्धाले गरेको उल्लेख गर्दै भ्रष्टाचार र कुशासन विरुद्ध अभियान थालेका प्रचण्डल राम्रो काम गरिरेहको दावी गरे । 
यस्तै उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारको राम्रो काममा सडकबाट साथ दिन तयार रहेको बताए । भ्रष्टाचार लगायत विभिन्न काण्डमा सरकारले राम्रो काम गरिरहेकोमा प्रशंसा गर्दै उनले सरकालाई साथ र सहयोग रहेको उनको भनाई थियो ।
नेता विप्लबले भ्रष्टाचार र बेतिथि विरुद्ध अझै दरो ढंगले खुट्टा टेक्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह समेत गरे । संविधानको रक्षा र जनजिविकाको क्षेत्रमा काम गर्न मोर्चामा आबद्ध भएको नेता विप्लबको भनाई थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

थप समाचार