Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौँडामा डाक्टर कुटपिटः निरिह प्रशासन, स्वास्थ्यकर्मीको सामूहिक उजुरी दर्ता

CDO-Office-1646642227-1694671480.jpg

२८ भदौ, हेटौंडा । बुधबार हेटौँडा–१ मा रहेको सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि भएको एक समूहले सांघातिक आक्रमण गरेको घटनामा मकवानपुर प्रहरी र जिल्ला  प्रशासन कार्यालय निरही भएको र दोषिलाई कार्वाही गर्न चासो नदेखाएको भन्दै मकवानपुरका स्वास्थ्यकर्मीले सामूहिक रुपमा प्रहरी कार्यालयमा उजुरी दर्ताको तयारी गरेका छन् । 
प्रशासन र प्रहरीले दोषीलाई कार्वाहीको चासो नदेखाउनु ,उजुरी दर्ता गर्नुको सट्टा दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको आरोप लगाउदै  सुरक्षाको प्रत्याभूति नभएका कारण मकवानपुरका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिक रुपमा प्रहरीमा उजुरी दर्ता गराउने तयारी रहेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष भोला चौलागाईले जनाएका हुन् । 
घटनापछि छलफलका लागि  जिल्ला प्रहरी कार्यालय मकवानपुरका बोलाइएको र एसपीकै कार्यकक्षमा उजुरी दर्ता नगराउन वार्ता गरिएको र उल्दै डाक्टरलाई काट्छु भन्दा समेत मकवानपुरका प्रहरी प्रमुख (एसपी) सीताराम रिजाल निरिह बनेको स्वास्थ्यकर्मीले आरोप लगाएका छन् । घटनाको बिषयमा बुझ्न खोज्दा एसपी रिजाल, डिएसपी एव प्रवक्ता लक्ष्मी भण्डारी र मकवानपुरका सिडिओ सूर्य प्रसाद सेढाईले फोन उठाएनन् । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय पुगेका संचारकर्मीलाई भित्र छिर्न दिएनन् । बुधबार अबेरसम्म वार्ताको नाममा पीडित डाक्टरहरुलाई नै हतोत्साहित गर्ने काम भएपछि बिहिबार बिहान हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सञ्चालकहरुले छलफल गरी सामूहिक रुपमा मुद्दा दर्ता गराउन निवेदनको तयारी भइरहेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष भोला चौलागाईले बताए । बुधबार डाक्टरमाथि आक्रमण गर्ने समूहले विरामीका कुरुवालाई समेत कुटपिट गरेका थिए । 
घटनालाई लिएर दोषीलाई उन्मुक्ति दिन लागि परेको भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको चर्को आलोजना भएको छ । घटनामा दुवै डाक्टर घाईते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ  । यस बिषयलाई लिएर नेपाल चिकित्सक संघ नेपाल औषधी व्यवसायी संघ मकवानपुर, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरले दोषीलाई कार्वाहीको माग राख्दै विज्ञप्ती प्रकाशित गरेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

थप समाचार