Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

गजल मञ्च मकवानपुरले मनायो १५८ ओैं मोती जयन्ती

ddds-1694739294.jpg

२९ भदौ, हेटौंडा । गजल मञ्च मकवानपुरले बिहीबार १५८ ओैं मोती जयन्ती विशेष कार्यक्रमका साथ मनाएको छ । नेपाली गजल तथा समग्र साहित्य विधामा महत्वपूर्ण योगदान पुर्याएका बहुआयामिक व्यक्ति मोतिराम भट्टको जन्मजयन्ती तथा स्मृति दिवसमा बिहीबार गजल साँझको आयोजना गरिएको हो ।
कार्यक्रमकाबीच मोतिराम भट्टको व्यक्तित्व र कृतित्वको परिचर्चा गर्दै उनका गजलहरुसमेत गायन गरिएको थियो । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी घिमिरको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष दीपक गौतमले भट्टको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरेका थिए । पुरुषोत्तम आचार्य र हरिप्रसाद पौड्यालले भट्टको गजल गायन गरेका थिए । कार्यक्रममा गजलकारहरु सानू खनाल, देवराज तिवारी, सुनिल गौतम,  पुरुषोत्तम आचार्य, सुवास सजल, हरिप्रसाद पौड्याल, रजनी पौडेल, भवानी तिमल्सिनालगायतले गजल वाचन गरेका थिए । 
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले विशिष्ट अतिथिको रुपमा मोतिरामको साहित्यिक योगदानबारे चर्चा गरेका थिए । मोतीराम भट्ट (१९२३ भदौ २५ – १९५३) नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समालोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतीराम भट्ट थिए ।
मोतीराम भट्ट नेपाली साहित्यामा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन् । उनले नेपाली भाषासाहित्यमा समालोचनाको सुरु गरेका थिए । भट्टले नै संवत् १९४८मा कवि भानुभक्तको जीवनचरित्रलाई प्रकाशमा ल्याए । 
कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतीराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसा गरेको मानिन्छ । आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका भनिन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार