Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

राजनीति

हेटौँडा डाक्टर कुटपिट घटनाः भोलिबाट देशभर आकस्मिक बाहेक सबै सेवा बन्द 

htd-hospital-1694877506.jpg

३० भदौ,हेटौँडा । भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टर विकास थापा तथा प्रशान्त विडारी माथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा ल्याउन चासो नदेखाएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ ।  संघले शनिबार एक विज्ञप्ति जारी गरी ७ बुँदे चरण बद्ध आन्दोलनको घोषणा गरेको हो ।

नेपाल चिकित्सक संघका अध्यक्ष अनिल विक्रम कार्की तथा महासचिव संजिव तिवारीद्धारा संयुक्त रुपमा जारी विज्ञप्तीमा घटनाभए लगत्तै संघले दिएको ७२ घण्टे अल्टिमेटम सिकिएपनि सरकार तथा प्रशासनले दोषीलाई दायरामा ल्याउन चासो नदेखाएको भन्दै ७ बुँदे चरण बद्ध आन्दोलनको घोषणा गरिएको उल्लेख गरिएको छ । आन्दोलनका कार्यक्रममा भदौ ३१ गते आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल  कलेज, निजी अस्पाल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने संघले जनाएको छ ।  संघले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा समेत जोड दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । संघले हेटौँडा अस्पताल घटनाका दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउने भनी घटनालाई निस्तेज पार्न खोजिएको आरोप लगाउँदै सम्बन्धित निकाय माथि आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाही गर्न समेत माग गरेको छ । यता प्रहरीले घटनामा संलग्न मृतककी श्रीमती ,छोरी ,छोरा र भतिजलाई पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुबाट तीन दिनको म्याद पाएको छ । पक्राउ परेका ४ जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । 

नेपाल चिकित्सक संघको यस्तो छ आन्दोलनका कार्यक्रम

377344338_864926281936068-1694877506.jpg
379465156_150627781436277-1694877543.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg
कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै
Screenshot_20230825_07501-1701223499.jpg

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । आसन्न महासमिति...

प्रधानमन्त्री दाहाल आज संयुक्त अरब इमिरेट्स प्रस्थान गर्दै
Prachanda.-Photo-Ganga-Da-1701223158.jpg

१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स प्रस्थान गर्दैछन् । नेपाली...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1701222371.jpg

१३ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको...

पालुङ जेसीजको तीन दिनमा सात कार्यक्रम
Capture-1701218912.JPG

१३ मङ्सिर, थाहा । थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध...

प्रहरी समायोजनको माग गर्दै गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र
gyapan-patra-frame-at-0m2-1701176835.jpg

१२ मंसिर, काठमाडौं । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले संघीय सरकारका उपप्रधान तथा...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
Screenshot_20231128_16420-1701169033.jpg

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको...

मकवानपुरको राक्सिराङबाट पेस्तोल र बुलेट बरामद
IMG_20231128_153802-1701165222.jpg

१२ मङ्सिर, हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिकाबाट कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ ।...

भोलिबाट हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने
IMG_20231128_131801-1701156797.jpg

१२ मङ्सिर, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा मङ्सिर १३ गते बुधबारबाट ‘हेटौँडा कप एसियाली खुल्ला...

मन्त्री गुरुङ र भारतीय समकक्षी मेघवालबिच भेटवार्ता
Screenshot_20231128_10565-1701148330.jpg

१२ मंसिर, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र भारतीय समकक्षी अर्जुन राम मेघवालबिच...

थप समाचार