फाइल तस्बिर
१ असोज, हेटौंडा । हिन्दु नारीहरूको महान पर्व हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।
सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुने भनाइ छ ।
दिनभर शिवालय गई शिवजीको दर्शनपूजन गर्ने, भजनकीर्तन गर्ने र नाचगान तथा रमाइलो गर्ने गरिन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा प्रत्येक वर्ष व्रतालुहरूको ठूलो भिड लाग्ने गरेको छ ।
१० असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।...
१० असोज, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका-७ बलुवाका २५ वर्षीय राहुलकुमार चौधरीको हत्यामा संलग्न रहेको...
१० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त चार राजदूतलाई बुधबार शपथग्रहण गराएका छन्...
१० असोज, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो...
१० असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन्...
१० असोज, काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत नेपालले बुधबार पुरुष क्रिकेटको पहिलो खेलमा मंगाेलियाविरुद्ध...
१० असोज, काठमाडौं । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा एक युवकको गोली हानी हत्या भएको छ । हत्या हुनेमा...
१० असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तरगत आजबाट निर्वाचन प्रक्रिया शुरू भएको छ । निर्वाचन...
१० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा जाँदैछन्...
४ असोज,हेटौँडा । हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँ...
१ असोज, हेटौंडा । पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको जितपुरसिमरा-१६ बाह्रकिलोमा पिकअप भ्यान...
२९ भदौ,हेटौँडा । मकवानपुरका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुको हकहित विपरित भएको भन्दै हेटौँडामा शिक्षा...
३१ भदौ,हेटौँडा । मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ । आइतबार...
३० भदौ,हेटौँडा । भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टर विकास थापा तथा प्रशान्त विडारी माथि भएको...
१ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विदेशी मुद्रासहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ...
८असोज,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खुरखुरेमा दुइवटा यात्रुवाहक बस ठोक्किदा ३१ यात्रु...
१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने...
७ असोज, हेटौंडा । मकवानपुर प्रहरीले २ फरार प्रतिबादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन पदमपुर घर भई हेटौडा-१६...