नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको बसेको बैठक
१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने मिस्टर मकवानपुर २०८० मा सहभागी हुन चाहने ईच्छुक खेलाडीहरुका लागि आवेन खुल्ला गरिएको छ ।
मिस्टर मकवानपुर २०८० मा सहभागी हुन चाहने ईच्छुक खेलाडीहरुले असोज १० गतेभित्र आवेदन भर्न सकिने नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरले जनाएको हो । महासंघ मकवानपुरका अध्यक्ष राजेश भेटवालको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रतियोगितामा सहभागिताको लागि आवेदन फारम खुल्ला गर्ने निर्णय गरेको महासंघका प्रेस सल्लाहाकार मणिराज गौतमले बताएका छन् । प्रतियोगितामा सहभागी हुने खेलीडीहरुले जिल्ला खेलकुद बिकाश समिति मकवानपुरको कार्यलयमा कार्यलय समय भित्र फारम भर्ने व्यवस्था मिलाईएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरका अध्यक्ष राजेश भेटवालले बताए ।
प्रतियोगितामा सहभागी हुने खेलाडी मकवानपुरको स्थायीबासी हुनुपर्ने,नागरीकता अन्य जिल्लाको भएका खण्डमा बसाईसरी आएको प्रमाणपत्र वा हाल बसोबास गरेको सम्बन्धीत वडा कार्यलयबाट घर नम्बर वा जग्गाकित्ता नम्बर सहितको सिफारीस पत्र उपल्बध गराई सहभागी हुन पाउने महासंघका उपाध्यक्ष एबंम कार्यक्रम संयोजक सुनील लोप्चनले जानकारी दिएका छन् । मिस्टर मकवानपुर,बेष्ट फिजिक्स वुमन च्याम्पियनसिप,मिस्टर मकवानपुर भेट्रान्स गरी तिन बिधामा प्रतिस्प्रर्धा गराइने मिस्टर मकवानपुर बिधामा ५५, ६०, ६५,७० र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुने पाउने अध्यक्ष भेटवालले बताए । यता महासंघले महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन बेष्ट फिजिक्स वुमन च्याम्पियनसिप बिधा अन्र्तगत खुल्ला तौल समुहमा प्रतिस्प्रर्धा गराईने प्रेस सल्लाहाकार गौतमले बताए । यस्तै मिस्टर मकवानपुर भेट्रान्स बिधा अन्तरगत पनि खुल्ला तौल समुहमा प्रतिस्प्रर्धा गराईने, प्रतियोगितामा महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन,युवाहरुलाई शारिरिक सुगठन र स्वास्थ्य तर्फ सचेत गराउन तथा भेट्रान्सहरुलाई शारिरिक सुगठन अनि स्वास्थ्य प्रति सचेत र प्रतिबद्ध बनाउन महासंघ मकवानपुरले कार्यक्रम आयोजना गरेको अध्यक्ष भेटवालले बताएका छन् । प्रत्येक तौल समूहको विजेतालाई १० हजार , त्यस्तै, मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो स्थान हुनेलाई ५० हजार र तेस्रो स्थान हुनेलाई तीस हजार नगद सहित ट्रफि मेडल प्रदान गरिने कार्यक्रम संयोजक लोप्चनले जनाएका छन् ।
राष्ट्रिय निर्णायकहरुबाट निर्णय हुने प्रतियोगितामा खेलाडी बढीभन्दा सहभागी गराउने कल्बलाई जिल्लाकै अनुशासित एबम उत्कृष्ठ शारिरिक सुगठन केन्द्र घोाषणा गर्ने र नगद सहित सम्मान गरीने आयोजकले जनाएको छ । तियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ठ तथा अनुशासित क्लबलाई वेस्ट क्लब घोषणा गर्दै नगद सहित सम्मान गरिने छ भने पुराना खेलाडी र खेलको प्रवर्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिने बताईएको छ । प्रतियोगिता असोज १३ गते हेटौंडा २ स्थित पल्पसा हलमा आयोजना हुने छ भने कार्यक्रममा हेर्न कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । आजको बैठकले प्रतियोगिता सफल पार्न विभिन्न समितिहरु समेत गठन गरिएको छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)