Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मिस्टर मकवानपुर २०८० का लागि आवेदन खुल्ला, विजेताले १ लाख पाउने 

379539983_851048103280672-1695045246.jpg

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको बसेको बैठक

१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने मिस्टर मकवानपुर २०८० मा सहभागी हुन चाहने ईच्छुक खेलाडीहरुका लागि आवेन खुल्ला गरिएको छ ।

मिस्टर मकवानपुर २०८० मा सहभागी हुन चाहने ईच्छुक खेलाडीहरुले असोज १० गतेभित्र आवेदन भर्न सकिने नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरले जनाएको हो । महासंघ मकवानपुरका अध्यक्ष राजेश भेटवालको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रतियोगितामा सहभागिताको लागि आवेदन फारम खुल्ला गर्ने निर्णय गरेको महासंघका प्रेस सल्लाहाकार मणिराज गौतमले बताएका छन् । प्रतियोगितामा सहभागी हुने खेलीडीहरुले जिल्ला खेलकुद बिकाश समिति मकवानपुरको कार्यलयमा कार्यलय समय भित्र फारम भर्ने व्यवस्था मिलाईएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरका अध्यक्ष राजेश भेटवालले बताए ।

प्रतियोगितामा सहभागी हुने खेलाडी मकवानपुरको स्थायीबासी हुनुपर्ने,नागरीकता अन्य जिल्लाको भएका खण्डमा बसाईसरी आएको प्रमाणपत्र वा हाल बसोबास गरेको सम्बन्धीत वडा कार्यलयबाट घर नम्बर वा जग्गाकित्ता नम्बर सहितको सिफारीस पत्र उपल्बध गराई सहभागी हुन पाउने महासंघका उपाध्यक्ष एबंम कार्यक्रम संयोजक सुनील लोप्चनले जानकारी दिएका छन् ।  मिस्टर मकवानपुर,बेष्ट फिजिक्स वुमन च्याम्पियनसिप,मिस्टर मकवानपुर भेट्रान्स गरी तिन बिधामा प्रतिस्प्रर्धा गराइने मिस्टर मकवानपुर बिधामा ५५, ६०, ६५,७० र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुने पाउने अध्यक्ष भेटवालले बताए । यता महासंघले महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन बेष्ट फिजिक्स वुमन च्याम्पियनसिप बिधा अन्र्तगत खुल्ला तौल समुहमा प्रतिस्प्रर्धा गराईने प्रेस सल्लाहाकार गौतमले बताए । यस्तै मिस्टर मकवानपुर भेट्रान्स बिधा अन्तरगत पनि खुल्ला तौल समुहमा प्रतिस्प्रर्धा गराईने, प्रतियोगितामा महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन,युवाहरुलाई शारिरिक सुगठन र स्वास्थ्य तर्फ सचेत गराउन तथा भेट्रान्सहरुलाई शारिरिक सुगठन अनि स्वास्थ्य प्रति सचेत र प्रतिबद्ध बनाउन महासंघ मकवानपुरले कार्यक्रम आयोजना गरेको अध्यक्ष भेटवालले बताएका छन् । प्रत्येक तौल समूहको विजेतालाई १० हजार , त्यस्तै, मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो स्थान हुनेलाई ५० हजार र तेस्रो स्थान हुनेलाई तीस हजार नगद सहित ट्रफि मेडल प्रदान गरिने कार्यक्रम संयोजक लोप्चनले जनाएका छन् ।

राष्ट्रिय निर्णायकहरुबाट निर्णय हुने प्रतियोगितामा खेलाडी बढीभन्दा सहभागी गराउने कल्बलाई जिल्लाकै अनुशासित एबम उत्कृष्ठ शारिरिक सुगठन केन्द्र घोाषणा गर्ने र नगद सहित सम्मान गरीने आयोजकले जनाएको छ । तियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ठ तथा अनुशासित क्लबलाई वेस्ट क्लब घोषणा गर्दै नगद सहित सम्मान गरिने छ भने पुराना खेलाडी र खेलको प्रवर्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिने बताईएको छ । प्रतियोगिता असोज १३ गते हेटौंडा २ स्थित पल्पसा हलमा आयोजना हुने छ भने कार्यक्रममा हेर्न कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । आजको बैठकले प्रतियोगिता सफल पार्न विभिन्न समितिहरु समेत गठन गरिएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार