२ असोज, हेटौडा । बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेल सहितको टोलीले हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वनमा वृक्षारोपण गरेका छन् । संविधान दिवस मुल आयोजक समिति बागमती प्रदेशले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले विभिन्न प्रजातिका विरुवा रोपेका हुन् । वृक्षारोपण पछिको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश समृद्धिको बाटोमा अगाडी बढेको बताए ।
१२ वर्षे जनयुद्ध र जन आन्दोलनले ल्याएको परिवर्तनलाई आत्मसाथ गर्दै संविधान रक्षा गर्नु सबै दल जिम्मेवार रहनुपर्ने कुरामा जोड दिएका छन् । कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मुक्तान, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति प्रमुख ललित घलान, प्रमुख जिल्ला अधिकारी सूर्य सेढाई, हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठ, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, शिखरपानी सामुदायिक वनका अध्यक्ष चन्द्र बहादुर पाख्रिन, सामुदायिक वनका पदाधिकारी, उपभोक्ता लगायतको सहभागिता थियो । कार्यक्रम मार्फत अमला, अम्बा, सतसिाल, टटेलो, निम, कागती, हर्रो, बर्रो, सरिफा, काइयो फूल,बेल, मेङगोट्रिन लगायतका विरुवाको वृक्षारोपण गरिएको थियो ।
१० असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।...
१० असोज, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका-७ बलुवाका २५ वर्षीय राहुलकुमार चौधरीको हत्यामा संलग्न रहेको...
१० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त चार राजदूतलाई बुधबार शपथग्रहण गराएका छन्...
१० असोज, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो...
१० असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन्...
१० असोज, काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत नेपालले बुधबार पुरुष क्रिकेटको पहिलो खेलमा मंगाेलियाविरुद्ध...
१० असोज, काठमाडौं । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा एक युवकको गोली हानी हत्या भएको छ । हत्या हुनेमा...
१० असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तरगत आजबाट निर्वाचन प्रक्रिया शुरू भएको छ । निर्वाचन...
१० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा जाँदैछन्...
४ असोज,हेटौँडा । हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँ...
१ असोज, हेटौंडा । पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको जितपुरसिमरा-१६ बाह्रकिलोमा पिकअप भ्यान...
२९ भदौ,हेटौँडा । मकवानपुरका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुको हकहित विपरित भएको भन्दै हेटौँडामा शिक्षा...
३१ भदौ,हेटौँडा । मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ । आइतबार...
३० भदौ,हेटौँडा । भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टर विकास थापा तथा प्रशान्त विडारी माथि भएको...
१ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विदेशी मुद्रासहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ...
८असोज,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खुरखुरेमा दुइवटा यात्रुवाहक बस ठोक्किदा ३१ यात्रु...
१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने...
७ असोज, हेटौंडा । मकवानपुर प्रहरीले २ फरार प्रतिबादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन पदमपुर घर भई हेटौडा-१६...