Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरका ८ सहित भीमफेदी कारागारका १४ कैदी थुनामुक्त

379355249_874959570727129-1695208950.jpg

३ असोज,हेटौँडा । संविधान दिवसको अवसरमा मकवानपुरको भीमफेदीमा रहेको भीमफेदी कारागारमा कैदी जिवन बिताइरहेका मकवानपुरका ८ सहित १४ जना कैदी थुनामुक्त भएका छन् ।
बुधबार संविधान दिवसको अवसरमा  सरकारले देशभरका ६७० जनाको कैद मिनाहा गरेसँग कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका १४ जना कैदी थुनामुक्त भएको कारागारका प्रमुख तिर्थराज पौडेलले बताएका छन् ।

कारागारमा कैदी जीवन बिताइरहेका र हिजो मंगलबारसम्ममा तोकिएको सजायमा ५० र ४० प्रतिशत कैद भुक्तान गरेका तथा असल आचरण भएका १४ जना कैदी थुनामुक्त भएको पौडेलले बताए । आज थुनामुक्त हुनेमा ठगी मुद्दामा सजाय काटिरहेका मकवानपुरको हेटौंडा–११ का पुर्णभक्त लामा, डाँका मुद्दामा कैद भुक्तान गरिरहेको मकवानपुरगढी– ८ का प्रेम बहादुर स्याङ्तान, नकवजनी मुद्दामा कैद भुक्तान गरिरहेका इन्द्रसरोवर गाउँपालिका–३ का अष्ट वाईबा, हेटौंडा–११ का राजकुमार तामाङ, राक्सिराङ गाउँपालिका–८ का कृष्णलाल थिङ र इन्द्रसरोवर गाउँपालिका–३ का बुद्धिमान सिंह भोलन रहेका छन् । त्यसैगरी खुन–डाँका मुद्दामा सजाय काटिरहेका नवलपरासीको रामग्राम नगरपालिका–१६ का बृजनन्दन राजभर, कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका धनुषाको नगराइन नगरपालिका–८ का ललन पासवान र लमजुङको राइनास नगरपालिका–८ का प्रकाश नेपाली र कर्तव्य ज्यान मुद्दामा कैद सजाय काटिरहेका तनहुँको भानु नगरपालिका–६ का सुक बहादुर नेपाली, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ का बसन्त खड्का पनि कैदमुक्त भएका हुन् । त्यसैगरी नकवजनी चोरी मुद्दामा सजाय काटिरहेका नवलपरासीको देवचुली नगरपालिका–१५ का अर्जुन थापा मगर, सोही मुद्दामा सजाय काटिरहेका भारतका जाफिर खान रहेका छन भने चोरी मुद्दामा सजाय भुक्ता गरिरहेका काठमाडौंको चन्द्रगिरी नगरपालिका–७ का संजित बहादुर बाग्दास रहेका छन् । आज कैद भुक्तान गरी कैद मुक्त हुनेमा मकवानपुरका ८ जना र भारतका एकजना रहेका छन् । 


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार