Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बेतिनीका स्थानीयले  संसद सँग मागे बिजुली 

dahal-and-pulami-1514044341.jpg

८ पुस, हेटौँडा । पूर्वी मकवानपुरको बाग्मती गाउँपालिका ९ स्थित बेतिनीका स्थानीयले नवनिर्वाचित सांसदहरुसँग बिजुली माग गरेका छन् । प्रतिनिधिसभा मकवानपुर १ का सांसद कृष्ण दाहाल र १(क) का प्रदेश सभा सांसद प्रेम बहादुर पुलामीसँग उनीहरुले छिट्टै ने गाउँमा विजुली बाल्ने ब्यवस्था गरिदिन माग गरेका हुन् । 
मकवानपुरको शदरमुकाम हेटौंडाबाट करिब ७५ किमि पूर्व बाग्मती गाउँपालिका ९ बेतिनीको अधेँरी,स्यलथुम,रामेछाप,लेते,गैरे लगायतका गाउँमा उनीहरुलाई मतदाताहरुले फुलमाला र अबिरले स्वागत गरेका थिए । 
उमेरले ८० कटेकी अधेँरीकी सानीमाया पुलामी जीवनकालको उत्तरार्धमा गाउँमा विजुली बलेको हेर्न चाहेको बताईन् । शुक्रबार विजयपछि मतदातासँग बधाई साट्न अधेँरी पुगेका प्रतिनिधिसभा मकवानपुर १ का सांसद कृष्ण दाहाल र १(क) का प्रदेशसभा सांसद प्रेम बहादुर पुलामी (छिन्तु) लाई उनले अबिर र माला लगाईदिँदै भनिन्, ‘म मर्नुभन्दा पहिला नै गाउँमा बिजुली ल्याईदिनु है । बाग्मती खोला किनारमा रहेको बेतिनिस्थत रामेछाप गाउँमा भने मतदाताहरुले नवनिर्वाचित सांसदद्वयलाई अध्याँरोमा नै स्वागत गरे । मोटरबाटोले नछोएको उक्त गाउँमा स्थानीयहरुले गाउँको पीडा देखाउने सांसदद्वयलाई स्वागत कार्यक्रम पनि शुक्रबार राती ८ बजे राखेका थिए । करिब ४५ मिनेट अध्याँरो जंगल छिचोल्दै रामेछाप पुगेका सांसद दाहाल र पुलामीलाई उनीहरुले अबिर मालासँगै गुनासोको भारी बिसाए । 
प्रतिनिधिसमा सांसद दाहाल र प्रदेशसभा सांसद पुलामीले बेतिनीबाट विकासको सुरुवात गर्ने प्रतिबद्धता ब्यक्त गरे । बेतनीका आधा दर्जन गाउँमा विजयी ¥याली र भेटघाट गरेका उनीहरुले बेतिनीमा केन्द्रीय विद्युत् प्रशारण लाई जोडेर यस क्षेत्रमा विकासको काम अघि बढाउने बताए । 
 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार