Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

एमाले बागमती अध्यक्षमा दाहाल र ढुंगेल भिड्ने निश्चित

384025571_145944335151713-1695652432.jpg

८ असोज, काठमाडौं । एमाले बागमती प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाविपरीत चुनावी प्रतिस्पर्धाबाटै नयाँ नेतृत्व चयन हुने करिब निश्चित भएको छ।
सोमबार भृकुटीमण्डपमा अविधेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले प्यानल बनाएर प्रतिस्पर्धामा गए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएर सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि दबाब दिए पनि प्रतिस्पर्धा नटर्ने भएको हो ।
लुम्बिनी प्रदेशमा आफ्नो इच्छा विपरीत नेतृत्व चयन भएपछि बागमतिमा पनि प्रतिस्पर्धा नै हुने बुझेपछि ओलीले चुनावमा गए पनि प्यानल बनाउन भने रोक लगाउने नीति लिएका छन्। ‘प्रतिष्पर्धा गरौं, तर प्यानल बनाइएको थाहा भयो भने प्यानल नै खारेज हुन्छ। ‘अध्यक्ष मण्डलले त्यो अधिकारसहित काम गर्नुहोस्। दुई फ्याकमा बाँड्ने अभ्यास नगरौं। स्वस्थ प्रतिष्पर्धा गर्नुहोस्, हारजित स्वीकार्नुहोस्,’ ओलीले अगाडि भने, ‘भोलि पल्टबाट मेरो पक्षमा भोट हालेको, मेरो विपक्षमा भोट हालेको भनेर कुनै प्रकारले खोजीनीति गर्न विभेद गर्न पाइँदैन। यो कुरालाई ध्यानमा राख्नुुस्।’
सर्वसम्मत नेतृत्व चयनको विषयमा कुराकानी भए पनि त्यसको सम्भावना निक्कै कम रहेको एक स्थायी कमिटी सदस्यले बताए। उनले भने, ‘अब चुनावमा जाने करिब निश्चित जस्तै भइसक्यो। सर्वसहमत गर्ने कोसिस हुन्छ। तर उम्मेदवारहरु त्यसका लागि तयार होलान् जस्तो लाग्दैन।’
चुनावका लागि प्रदेश कमिटिले सोमबार नै इलोक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) भाडामा लिइसकको छ। नाम उल्लेख गर्न नचाहेका प्रदेश कमितिका एक पदाधिकारीले भने, ‘हामी पूर्ण रुपमा चुनावको तयारीमा छौँ। इभिएम भाडामा ल्याइसकेका छौँ।’
भावी नेतृत्वका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षका लागि हालका अध्यक्ष केशव पाण्डे, सानुकुमार श्रेष्ठलगायतले रुचि देखाए पनि दाहाल र ढुंगेल नै अन्तिमसम्म चुनावी मैदानमा टिक्ने गरी तयारीमा छन्।
दाहालले मकवानपुरको पार्टी प्रमुख भएर दुई कार्यकाल काम गरिसकेका छन् भने तीनपटक सांसद भएका छन् । मकवानपुरबाट २०४८, २०५६, २०७४ मा प्रतिनिधिमा निर्वाचित दाहाल २०५१ मा भने पराजित भएका थिए।
उनले २०७४ को कार्यकालमा अर्थ समितिको सभापति भएर काम गरेका थिए। ढुंगेल रामेछापको पार्टी अध्यक्षका रुपमा तीन कार्यकाल काम गरको छन्। प्रतिनिसभामा चारपटक टिकट पाएर पराजित भए पनि २०७४ मा प्रदेशसभा जितेर बागमति प्रदेशको अर्थमन्त्री भएका थिए।
दाहाललाई पोलितब्युरो सदस्य गोकुल बास्कोटा र ढुंगेललाई अर्का नेता महेश बस्नेत पक्षले साथ दिएका छन्। एमालेमा प्रदेश नै पिच्छे देखिएको फरक फरक गुट बागमतिको हकमा बास्कोटा र बस्नेत पक्ष भएर उभिएको छ। बस्नेतले दाहालले सर्वसहमतिका लागि नछाडेमा प्रतिस्पर्धामा जाने बताए। देश सञ्चारसँग उनले भने, ‘सर्वसहमतिको कोसिस हुन्छ। कृष्ण दाहाल पछि हट्नु भएन भने चुनाव हुन्छ।’ उता दाहालले भने पछि हट्ने मनस्थितिमा छैनन् । (देशसंचारबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

थप समाचार