Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पुरुष क्रिकेटमा मंगाेलियाविरुद्ध नेपालको फराकिलो जित

Screenshot_20230927_13085-1695799553.jpg

१० असोज, काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत नेपालले बुधबार पुरुष क्रिकेटको पहिलो खेलमा मंगाेलियाविरुद्ध टी-२० क्रिकेट इतिहासकै फराकिलो जित निकालेको छ।
नेपालले दिएको ३ सय १४ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएपछि नेपालले २ सय ७३ रनको जित निकाल्यो, जुन टी-२० क्रिकेटमा सर्वाधिक फराकिलो रन अन्तरको जित हो।
यसअघि टी-२० क्रिकेटको इतिहासमा सर्वाधिक फराकिलो जित चेक रिपब्लिकको नाममा रहेको थियो। चेक रिपब्लिकले २०१९ मा टर्कीविरुद्ध २ सय ५७ रनको जित निकालेको थियो।
मंगोलियालाई सस्तैमा समेट्ने क्रममा नेपाली लेग स्पिनर सन्दीप लामिछाने, करण केसी, अभिनास बोहराले समान २-२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कुशल भुर्तेलले समान १-१ विकेट लिए।
मंगोलियाका लागि दावासुरेन जमयनसुरेनले १० रन बनाउनु सर्वाधिक रह्यो। अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। १३.१ ओभरमा ४१ रनमा मंगोलिया अलआउट भएको थियो।
त्यसअघि नेपाले विश्व कीर्तिमानी स्कोर बनाएको थियो। नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रनको उच्च स्कोर बनायो। जुन टी-२० क्रिकेटकै सर्वाधिक उच्च स्कोर हो। यसअघि अफगानिस्तानले आयरल्यान्ड विरुद्ध २०१९ र चेक रिपब्लिकले टर्कीविरुद्ध समान २ सय ७८ रन बनाएका थिए।
कुशल मल्लले ३४ बलमै शतक प्रहार गरेको खेलमा दीपेन्द्रले १० बलमै अर्धशतक प्रहार गरे। कुशल ५० बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै १ सय ३७ रनमा अविजित रहँदा उनलाई ऐरीले १० बलमा ८ छक्काको सहयोगमा ५२ रन बनाएर साथ दिए। दीपेन्द्र टी-२० इतिहासमा नै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बने। उनले ९ बलमा नै ५० रन पूरा गरे।
चीनको हाङझाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि मल्लले विष्फोटक इनिङ खेले। उनले ३४ बलमा नै शतक प्रहार गर्दै सर्वाधिक चाँडो टी-२० मा शतक प्रहार गर्ने खेलाडी बने।
यसअघि सर्वाधिक छिटो शतक ३५ बलमा रहेको थियो। भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए । त्यस्तै, कप्तान रोहित पौडेलले ६१ रन बनाउँदा कुशल भुर्तेलले १९ तथा आसिफ शेखले १६ रन बनाए । दिपेन्द्र सिंह ऐरीले १० बलमा नै ५२ रनको अविजित इनिङ खेलेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार