Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आज हेटौँडामा मिस्टर मकवानपुर २०८० हुने

Capture-1696035250.JPG

१३ असोज, हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा आज शनिवार हेटौंडामा पहिलो पटक मिस्टर मकवानपुर भेट्रान्स तथा महिला फिजिक्स प्रतियोगिता हुने भएको छ । 
हेटौँडा २ मा रहेको पल्पसा प्याराडाइजमा हुने मिस्टर मकवानपुर २०८० मा  मिस्टर मकवानपुर, वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप र मिस्टर मकवानपुर भेट्रान्स गरी तीन विधामा प्रतिस्पर्धा हुन लागेको हो । 
तीन विधामा गरी ५० जना खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा ५५ औं एसियन बडिबिल्डिङ च्याम्पियन वुमन फिजिक्स तर्फ ५५ केजीमा गोल्ड मेडलिस्ट रजनी श्रेष्ठको प्रशिक्षण तथा प्रदर्शन पनि रहने अध्यक्ष भेट्वालले बताए ।
प्रतियोगिताका संयोजक सुनिल लोप्चनका अनुसार मिस्टर मकवानपुर विधामा ५५, ६०, ६५, ७०, ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ भने वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप मिस्टर मकवानपुर भेट्रान्स विधामा प्रतिस्पर्धा गराईने छ । 
मिस्टर मकवानपुरको विजेतालाई एक लाख, द्वितियलाई ५० हजार र तेस्रो हुनेलाई तीस हजार नगद सहित ट्रफि र मेडल प्रदान गरिने प्रतियोगिता संयोजक लोप्चनले जानकारी दिए ।
महासंघका अध्यक्ष भेटवालले शारीरिक सुगठन तथा फिट्नेसमा भेट्रान्सहरुलाई समेटेर प्रतियोगिता गर्न लागेको नेपाल मै यो पहिलोपटक भएको दावी गरे । उनले बिशेषगरी शारीरिक सुगठन तथा फिट्नेसमा लागेका र स्वस्थ्य जिवन जिउनको लागी सबैलाई प्रेरण मिलोस भन्ने उद्देश्यले मिस्टर मकवानपुर भेट्रान्स विद्यालाई प्रतियोगितामा समेटिएको बताए । 
हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका दशवटै पालिकाहरुको आर्थिक सहयोगमा आयोजना गर्न लागिएको पनि अध्यक्ष भेट्वालले जानकारी दिए । प्रतियोगिता सम्पनन गर्नका लागी करिब १३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको पनि अध्यक्ष भेट्वालले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार