१३ असोज, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय बालबाटिका एकेडेमिका बिद्यार्थीहरुलाई चर्चित मोटिभेस्नल स्पीकर रवि किरण श्रेष्ठले मोटिभेशन प्रशिक्षण गराएका छन् ।
विद्यालयले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा मोटिभेस्नल स्पीकर रवि किरणले कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई मोटिभेशन गराएका थिए । उनले बिद्यार्थीहरुलाई सबभन्दा पहिला आफुलाई चिन्न आग्रह गरेका थिए ।
यस्तै मोटिभेस्नल स्पीकर रवि किरणले बालबालिकाहरुको जिवनमा प्रभाव पार्ने सबभन्दा नजिकका आमाबुबा, शिक्षकशिक्षिका र साथीको बारेका प्रशिक्षण गराएका थिए । उनले मानिसका जिवनमा आमाबुबा, शिक्षकशिक्षिका र साथीको भूमिका के हुन्छ? र यीनिहरुलाई कसरी जिवनमा उतार्नुपर्छ भन्ने बारेमा सहजिकरण गरेका थिए ।
पछिल्लो समय समाजमा विभिन्न खाले सामाजिक समस्याका घटनाहरु भइरहेको र त्यस्ता घटनका कारण विद्यार्थीहरुको बृद्धि विकासमा अप्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नकरात्मक प्रभाव परिरहेकोले कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका संस्थापक प्राचार्य बिन्दु गोपल गोर्खालीले आफ्नो विद्यालयमा पढ्ने बालबालिकाहरुमा मोटिभेशन क्लासले सकरात्मक परिवर्तन आवस र केहि राम्रो गर्न प्रेरणा मिलोस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।
विद्यालयकी शिक्षिका शोभा गुरुङ र छात्रा अपर्ण सुवेदीले सहजिकरण गरेको कार्यक्रममा विद्यालयका संस्थापक गिरीबहादुर सुवेदी, विद्यालय व्यवस्थापन समितिका केन्द्रगेविन्द जोशी, नेपाल च्याम्बर अफ कमर्स मकवानपुरका अध्यक्ष माधाव न्यौपाने, बिद्यालयका संचालक संजय सुबेदी लगाएतको उपस्थिति रहेकोे थियो ।
१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । आसन्न महासमिति...
१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स प्रस्थान गर्दैछन् । नेपाली...
१३ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको...
१३ मङ्सिर, थाहा । थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध...
१२ मंसिर, काठमाडौं । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले संघीय सरकारका उपप्रधान तथा...
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको...
१२ मङ्सिर, हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिकाबाट कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ ।...
१२ मङ्सिर, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा मङ्सिर १३ गते बुधबारबाट ‘हेटौँडा कप एसियाली खुल्ला...
१२ मंसिर, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र भारतीय समकक्षी अर्जुन राम मेघवालबिच...
११ मंसिर, हेटौंडा । हेटौंडा ५ स्थित एक पसलमा गएराति चोरी भएको छ । आइतबार राति हेटौंडा ५ कान्तिलोकपथ पुरानो...
३० कार्तिक, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा सालनाल सहितको शिशु (छोरी) फेला परेको छ । बिहीबार साँझ...
४ मंसिर,हेटौँडा । शिक्षकहरुको हकहितको लागि स्थापना भएको नेपाल शिक्षक संघले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प...
३ मङ्सिर, हेटौंडा । हेटौंडा–६ चौघडामा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको बिषयलाई लिएर स्थानीयले सडक...
७ मंसिर,हेटौंडा । हेटौंडाको मेनरोडमा स्कुटरले पैदलयात्री एक महिलालाई ठक्कर दिदा महिला घाइते भएकी...
७ मंसिर,किर्तिपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह र युवासंघका कार्यकताबिच काठमाडौँको बल्खुमा...
१ मंसिर,हेटौंडा । शुक्रवार साँझ हेटौंडा-१७ मा स्कुटरको ठक्करबाट एकजना पैदल यात्री महिलाको मृत्यु भएको छ । धरान...
११ मंसिर,हेटौंडा । मकवानपुरमा कम्मर भन्दा माथि हड्डी मात्र भएको सडेगलेको अवस्थामा शव फेला परेको छ । मकवानपुर...
११ मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडा–१६ चिसापानीमा खाग (जंगली माहुरी)को टोकाईबाट दुई महिला घाइते भएका छन्...