Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा–१५ को खानेपानी समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा

IMG_4111-1696175377.JPG

१४ असोज,हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ शिखरपानी चुरिमाईमामा अवस्थित शिखरपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको छ । आइतबार एक समारोहका बिच शिखरपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको  हो  । 
हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यता तथा हेटौंडा उपमहानगरपालिकाका नगर उप प्रमुख राजेश बाँनियाको आतिथ्यतामा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलाई समितिको कागजपत्र हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा वडा नंम्बर १५ का वडा अध्यक्ष सुनील मोक्तान, खानेपानी व्यवस्थापन बोर्डका कार्यालय प्रमुख विष्णु प्रसाद सापकोटा, पूर्व गा.वि.स अध्यक्ष प्रेम भोम्जन, समाजसेवी भानु प्रताप विडारी, पूर्व खानेपानी उपभोक्ता समितिका अध्यक्ष पञ्च बहादुर थिङको आतिथ्यतामा सम्पन्न कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कर्मचारीहरु लगायत स्थानिय खानेपानी उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा खानेपानीको टंकि निर्माण गर्न जग्गा उपलबध गराउने जग्गा दाताहरुलाई सम्म गर्नुका साथै समितिमा विगत लामो समय देखि कार्य गर्दे आइरहनु भएका कर्मचारी सेते वाइवालाई उमेर हदका कारण अवकास प्राप्त हुनु भएकोले विदाई तथा सम्मान समेत गरिएको थियो । समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका आएसँगै त्यस क्षेत्रमा संचालित ४५० धाराहरुले १० हजार लिटर खानेपानी उपभोग गरे बापत न्युन्तम शुल्क २५० रुपैयाँ भुक्तानी गर्दे आइरहेकोमा आज देखि १० हजार लिटर सम्म पानी निःशुल्क खानेपानी उपभोग गर्न पाउने भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार