Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पब्लिक स्पिकिङमा नवलपुरकी पौडेल प्रथम

Capture-1696294181.JPG

१६ असोज, हेटौंडा । हेटौंडा जेसीजले आयोजना गरेको भाषणकला पब्लिक स्पिकिङको चौथो संस्करणको उपाधि नवलपुरकी यमकला पौडेलले जितेकी छिन् । सोमबार हेटौंडामा भएको फाइनल भिडन्तमा अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएकी उनले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । 
पोखराकी सुष्मा आचार्य द्वितीय र नवलपुरकै पुजा पराजुली तृतीय भए । उनीहरुले क्रमश ः नगद १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । फाइनलका प्रतिस्पर्धीले कहाँ छ खुसी भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । 
विभिन्न चरणमा अनलाइनमार्फत देशैभरका सहभागीबाट फाइनलमा १० जना प्रतिस्पर्धीलाई छनौट गरिएको प्रमुख निर्णायक प्राध्यापक घनश्याम घिमिरेले जानकारी दिए ।
विजेता तथा सहभागीहरुलाई नेपाल सरकारका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आयोजक हेटौंडा जेसीजका अध्यक्ष श्रवणकुमार बर्तौला लगायतले नगद तथा पुरस्कार हस्तान्तरण गरेका हुन् । 
मन्त्री श्रेष्ठले पछिल्लो समय युवामा नकारात्मक विचार एवम् स्वभाव बढ्दै जानु दुःखद् भएको धारणा राखे । मानिसहरु आफू आफैं जस्तो नहुँदा नैराश्यता एवम् दुःख बढ्दै गएको उनको भनाई थियो । कार्यक्रमका प्रतिस्पर्धीले बोलेका कुराहरु व्यवहारमा उतार्नु आवश्यक रहेको मन्त्री श्रेष्ठको सुझाव थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार