Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

दोस्रो मनहरी ३ नम्बर वडाध्यक्ष कप आजबाट

football-1696465212.jpg

१८ असोज, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडीखोलाको सिद्धकालीमा आज बिहीबारबाट दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । 
यही असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा क्लवको सहभागिता रहेको छ । उद्घाटन खेल जनसिद्ध युवा क्लवको ए र मोडर्न युवा क्लवको बीचमा हुने भएको छ । 
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक जनसिद्ध युवा क्लवका अध्यक्ष ईमान लामाले जानकारी दिए । मनहरी गाउँपालिका ३ नम्बर वडा कार्यालयको सहयोगमा हुँदै आएको प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
नकाउटको आधारमा हुने खुला प्रतियोगितामा आयोजक सहित मोडर्न युवा क्लव, पदमपोखरी फुटबल एकेडेमी, जन आदर्श युवा क्लव, सूर्योदय युवा क्लव, कोशेली युथ क्लव, एफसी राप्ती चितवन, एफसी लामिटार, मनहरी २ खेलकुद विकास समिति, आरआर वाइसी पाल्दमार, मनहरी इसाइ समाज, बुद्ध एफसी  च्यापल, मिलन युवा क्लव र परेलु एफसीको सहभागिता रहेको छ ।
यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार र विधागत उत्कृष्ट खेलाडी तथा हरेक खेलको म्यान अफ द म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजक जनसिद्ध युवा क्लवले जनाएको छ । 
खेलाडीको बीचमा भ्रातृत्वको सम्बन्धसँगै फुटबलको विकास र चाडपर्वको शुभकामना आदानप्रदानको लिागि प्रतियोगितालाई निरन्तरता दिँदै आएको अध्यक्ष लामाले बताए । मनहरी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्यालले खेलकुदमा युवाहरुको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता निरन्तरताको लागि सहयोग गर्दै आएको जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार