Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

दोस्रो मनहरी ३ नम्बर वडाध्यक्ष कप आजबाट

football-1696465212.jpg

१८ असोज, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडीखोलाको सिद्धकालीमा आज बिहीबारबाट दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । 
यही असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा क्लवको सहभागिता रहेको छ । उद्घाटन खेल जनसिद्ध युवा क्लवको ए र मोडर्न युवा क्लवको बीचमा हुने भएको छ । 
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक जनसिद्ध युवा क्लवका अध्यक्ष ईमान लामाले जानकारी दिए । मनहरी गाउँपालिका ३ नम्बर वडा कार्यालयको सहयोगमा हुँदै आएको प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
नकाउटको आधारमा हुने खुला प्रतियोगितामा आयोजक सहित मोडर्न युवा क्लव, पदमपोखरी फुटबल एकेडेमी, जन आदर्श युवा क्लव, सूर्योदय युवा क्लव, कोशेली युथ क्लव, एफसी राप्ती चितवन, एफसी लामिटार, मनहरी २ खेलकुद विकास समिति, आरआर वाइसी पाल्दमार, मनहरी इसाइ समाज, बुद्ध एफसी  च्यापल, मिलन युवा क्लव र परेलु एफसीको सहभागिता रहेको छ ।
यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार र विधागत उत्कृष्ट खेलाडी तथा हरेक खेलको म्यान अफ द म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजक जनसिद्ध युवा क्लवले जनाएको छ । 
खेलाडीको बीचमा भ्रातृत्वको सम्बन्धसँगै फुटबलको विकास र चाडपर्वको शुभकामना आदानप्रदानको लिागि प्रतियोगितालाई निरन्तरता दिँदै आएको अध्यक्ष लामाले बताए । मनहरी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्यालले खेलकुदमा युवाहरुको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता निरन्तरताको लागि सहयोग गर्दै आएको जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार